• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुस र युक्रेन युद्धबीच युक्रेनबाट नेपालमा भित्रियो साढे तीन अर्बभन्दा बढीको कच्चा तेल

ByDeayam

Mar 21, 2022

रुस र युक्रेनबीच युद्ध चलिरहेको समयमा युक्रेनबाट नेपालमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको विभिन्न वस्तु भित्रिएको छ।

युक्रेनबाट नेपाल भित्रेका वस्तुमा ठूलो हिस्सा कच्चा भटमास तथा सनफ्लावर तेलको रहेको छ।रुसले गत फागुन १२ गतेबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो। त्यसपछि हालसम्म दुई देशबीच युद्ध चलिरहेको छ। यो युद्ध चलिरहेको करिव एक महिनाको अवधिमा युक्रेनबाट नेपालमा ३ अर्ब ६२ करोड ७१ लाख ९१ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ।

विभागले सोमबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनामा युक्रेनबाट नेपालमा १८ अर्ब ५ करोड ५ लाख ५२ हजार रुपैयाँको वस्तु भित्रिएको छ। सो अवधिमा नेपालबाट युक्रेनमा मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु गएको छ।

विभागका अनुसार चालु आर्थिक वर्षमा रुस र युक्रेनबीच युद्ध सुरु हुनुअघिसम्म युक्रेनबाट नेपालमा १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँको वस्तु आएको थियो।

चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुनसम्म युक्रेनबाट १२ अर्ब ५३ करोड ६२ लाख ६३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७९ करोड ४७ लाख ९० हजार रुपैयाँको कच्चा भटमास तेल नेपाल भित्रिएको छ।

विभागका अनुसार सोही अवधिमा युक्रेनबाट नेपालमा ४ अर्ब ५९ करोड २० लाख १४ हजार रुपैयाँको तोरी भित्रिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *