• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

लेटाङ घटनाका दोषीलाई कारबाही गरिन्छ : प्रधानमन्त्री देउवा

Bydeep

Mar 21, 2022

माेरङ – प्रधानमन्त्री देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । आज साेमवार सुन्दरहरैचा नगरपालिका ८ सलकपुरमा रहेकाे प्रशासनिक कार्यालय भवनको शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले यस्ताे निर्देशन दिनुभएकाे हाे ।

खेरुवामा रहेकाे शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा हिजाे आइतवार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएकाे थियो । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।

होली खेल्ने क्रममा खेरुवामा रहेकाे सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा शिक्षक र अभिभावकको हिजाे आइतवार बेलुकी बैठक बसेकाे थियाे । त्यही बैठकमा स्थानीयवासीले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयवासीले आक्रमण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *