मोरङको लेटाङमा भएको घटनामा प्रधानमन्त्री शेरबहादुर देउवाले चासो देखाएका छन् ।
सोमबार मोरङ पुगेका देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताए ।सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै उनले हत्या अपराधमा संलग्नले उन्मुक्ति नपाउने बताएका हुन् ।
हिजो लेटाङमा भएको झडपमा उर्मिला श्रेष्ठ नाम गरेकी महिला प्रहरी जवानको उपचारको क्रममा निधन भएको हो । गाउँलेले उनीको घाँटीमा छुरा प्रहार गरेको बताइएको छ ।