• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सबै तहमा गठबन्धन सम्भव छैन,सम्भव भएको ठाउमा गठबन्धन गरेर चुनाव लड्छौँ :उपेन्द्र यादव

ByDeayam

Mar 21, 2022

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आउँदाे स्थानीय तहको चुनावमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताउनुभएको छ ।

आज सोमवार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव छैन, जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्छौँ, जहाँ–जहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरू एक्ला–एक्लै मित्रवत् ढङ्गले चुनाव लड्ने बताउनुभयो ।

अध्यक्ष यादवले मधेशी जनताको अधिकारका लागि आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट सङ्घर्ष गरिरहने बताउनुभयो । उहाँले चुनावलाई कम खर्चिलो बनाउन निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने पार्टीको अडान रहेकाे पनि दोहोर्‍याउनुभयाे । अध्यक्ष यादवले संविधानको संशोधन, परिमार्जन र सुधार गर्नुअघि पुनर्लेखन आवश्यक रहेको पनि बताउनुभयो । अहिलेको निर्वाचन प्रणाली, शासकीय स्वरूप, न्यायिक प्रणालीसमेत बदल्नुपर्ने उहाँको भनाइ थियो ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई जसपाका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *