• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुससँग नेटो डरायो : जेलेन्स्की

Bydeep

Mar 22, 2022

​रुस र युक्रेनबीचको लडाइँ भएको झन्डै एक महिना पुग्न लागिसक्यो । युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले नेटोसँग युुक्रेनलाई आफ्नो गठबन्धनमा स्थान दिने कि नदिने भनेर सोधेका छन् । उनले रुससँग नेटो डराएको कुरा नै वास्तविकता भएको बताए । यसैगरी युक्रेनको विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि डोनबासको डोनेट्स्क र लुहान्स्कबाट लगभग २५०० युक्रेनी बच्चा अपहरण गरेर रुस पठाएको आरोप लगाएका छन् ।

अर्कोतिर युक्रेन युद्धका कारण युरोपमा शरणार्थी संकट लगातार बढिरहेको छ । जर्मनका विदेश मन्त्रीले युरोपेली संगठनलाई ८० लाख युक्रेनी शरणार्थीका लागि तयार हुन आग्रह गरेका छन्। यूएनएचआरसीको रिपोर्ट बमोजिम हालसम्म युक्रेनका १ करोडभन्दा बढी नागरिक शरणार्थीको रुपमा देशभित्रै वा बाहिर गइसकेका छन् ।

यो पनि : अज्ञात बन्दूकधारीले गोली हानी १६ जना गाउँलेको हत्या, कैयाैँ घाइते !

एजेन्सी । अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा उक्त घटना भएकाे त्यहाँकाे प्रहरीले जनाएको छ । समाचारमा जनाइए अनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए ।

उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कयौँलाई नराम्ररी घाइते बनाएका छन् । गत आइतबार राति सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन ।

प्रत्यक्षदर्शीहरुले त्यस गाउँका गाउँलेमाथि ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेको बताएका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् । ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन । उक्त राज्यका प्रहरी प्रमुखले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *