• Thu. Feb 15th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अब जय मधेस! भन्ने नै एमालेले हो- ओली

ByAgrim Post

Mar 22, 2022

काठमाडौं, ८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले ‘जय मधेश !’ गर्ने बताएका छन् । मधेशमा आफ्ना पालामा विकासका धेरै काम भएको उल्लेख गर्दै ‘जय मधेश !’ गर्ने ठाउँ नै एमाले भएको बताए ।

‘जय मधेश एमालेले गर्छ,’ ओलीले आज पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराएपछि भने,‘ढुक्क हुनुहोस् अब जय मधेश ।’ मधेशको अधिकारका लागि लड्ने दाबी गर्दै आएका पार्टीहरुले गलत बाटो देखाएको आरोप लगाउँदै एमालेले जय मधेशको सही बाटो देखाउने बताए ।

तराईको नाममा अनेकन मुद्दा उचालेर जनतालाई लडाउने कामहरु भएको टिप्पणी गरे । उनले भने,‘तराई ठगी खाने भाँडो भयो । पहिचानको राजनीति भन्ने । जातीय, धार्मिक जे जे हुन्छ साम्प्रादायिक कार्य गर्ने र झगडा लगाउनेहरु छन् ।’ देशमा द्वन्द्वका उद्दोगहरु स्थापना भएको र त्यसको एमालेले प्रतिवाद गरेको बताए ।

तराईमा विकासका ठूलो परिवर्तनहरु आफ्नो सरकारको पालामा भएको ओलीको दाबी थियो । हुलाकी राजमार्ग, द्रुत मार्गलगायत नेपाल आफैले बनाउन थालेको सुनाए । रेल किनेर ल्याएको र रेलका लिक समेत निर्माण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *