• Fri. Dec 1st, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आफ्ना मन्त्रीलाई कर्मचारीले पनि टेर्न छाडे – माधव नेपाल

Bydeep

Mar 22, 2022

काठमाडौं चैत ८,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने जनाएका छन् । केही दिनयता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरु सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् । सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा मन्त्री हेरफेर गर्ने पक्षमा पार्टी नरहेको बताएका हुन् । गलत र नियोजित रुपमा यस्तो हल्ला फिँजाइएको भन्दैउनले कार्यकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गरे ।

मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उनको भनाइ थियो । उनले आफ्ना पार्टीबाट सरकारमा रहेका दुई मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको समाचारमा पनि सत्यता नभएको दाबी गरे । एकीकृत समाजवादीबाट सरकारमा पाँच जना सहभागी छन् । सरकारमा एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्रीसहित भवानी खापुङ राज्यमन्त्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *