• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आफ्नो ‘बेबी बम्प’ देखाउँदै सोनम कपुरले लेखिन् यस्तो मन छुने स्टाटस

Bydeep

Mar 22, 2022

काठमाडौं – बलिउड अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छन् । उनले पति आनन्द आहुजासँगको आफ्नो ‘बेबी बम्प’ तस्बिर सेयर गर्दै आफू आमा बन्न लागेको घोषणा गरेकी हुन् । सोनमको यो निर्णयले बलिउडमा खुसीको माहोल छाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘चार हात, तिम्रो सबैभन्दा राम्रो ख्याल राख्नका हामी गर्न सक्छौं । दुई मुटु, जो तिमी सँगसँगै धड्किनेछ हरेक बाटोमा । हाम्रो परिवार, तिमीलाई प्रेम बर्साउनेछ र सहयोग गर्नेछ । हामी तिमीलाई स्वागत गर्न अब अरु समय पर्खन्नौं’, सोनमले इन्स्टाग्राममा तस्बिरसहित लेखेकी छन् ।

सामाजिक सञ्जालमा वाणी कपूर, करीना कपूर, अंशुला, खुसी, अबू जानी, जाह्नवी कपूरलगायतले सोनमलाई बधाई दिएका छन् । सोनमले विवाहको चार वर्षपछि पहिलो सन्तानलाई जन्म दिँदैछिन् । उनले सन् २०१८ मे ८ मा आनन्दसँग विवाह गरेकी थिइन् । विवाहपछि फिल्मबाट टाढिएकी सोनम अधिकांश समय पतिसँग लन्डनमा बस्दै आएकी छन् । परिवारका अनुसार आगामी अगस्ट र सेप्टेम्बरसम्ममा सोमन र आनन्दको परिवारमा नयाँ सदस्यको प्रवेश हुनेछ ।

यो पनि : नाइजेरियामा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

सिन्ह्वा। नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए । उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कयौँलाई नराम्ररी घाइते बनाएका छन् ।

गत आइतबार राति सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन ।प्रत्यक्षदर्शीहरुले त्यस गाउँका गाउँलेमाथि ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेको बताएका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् ।
ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन । उक्त राज्यका प्रहरी प्रमुखले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *