• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

उदयपुरमा गरियो उर्मिला श्रेष्ठको अन्तिम संस्कार

ByDeayam

Mar 22, 2022

ड्युटीमा रहेको अवस्थामा मोरङको लेटाङमा ज्यान गुमाउन पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको अन्तिम संस्कार गृहजिल्ला उदयपुरमा भएको छ ।

२६ वर्षको उमेरमै कर्तव्य पालनको क्रममा ज्यान गुमाएकी उर्मिलाको उदयपुरमा मङ्गलबार अन्तिम संस्कार भएको हो ।

त्रियुगा नगरपालिका १६ को डिहिटारमा रहेको घरमा केही समय शव राखेपछि उनको परम्परागत शैलीमा दाहासंस्कार भएको जिल्ला प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

मृतक प्रहरीप्रति नेपाल प्रहरीले मङ्गलबार पनि शोक सलामी दिएको थियो । गौतम नेतृत्वमा रहेको प्रहरी टोलीले शोक सलामी दिएको हो । सोमबार विराटनगरस्थित कोसी अस्पतालमा सुरक्षा निकायले शोक सलामी दिएको थियो ।

उनको मृत्युले गाउँनै शोकमा डुबेको छ । घटनास्थलबाट उदयपुर ल्याइएको शव जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी जवान श्रेष्ठको घरसम्म पुर्याएको थियो । नेपाल प्रहरीले दाहासंस्कार खर्च २५ हजार रुपैयाँ परिवारलाई उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *