• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

कांग्रेस र लोसपाबीच चुनावी तालमेल

Bydeep

Mar 22, 2022

काठमाडौं- नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तामेलका विषयमा छलफल सुरु भएको छ। लोसपाले उठाएको मुद्दाका विषयमा छलफल गर्ने क्रममा दुई पार्टीबीच स्थानीय तहमा चुनावी तालमेल गर्नेबारेको अजेण्डाले प्रवेश पाएको हो। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि लोसपालाई उनले सरकारमै सहभागी हुन आग्रहसमेत गरेका थिए। तर लोसपाले आफूहरुले उठाएको माग र मुद्दाको सम्बोधन नभएसम्म सरकारमा नजाने भन्दै अडान लिएका थिए।

स्थानीय चुनाव वैशाख ३० गतेका लागि घोषणा भएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच तालमेलका विषयमा कुराकानी भएको लोसपाका नेता इकबाल मिँयाले बताए। ‘हामीले प्रधानमन्त्री ज्यूलाई विश्वासको मत दिएका थियौं। त्यसपछि सरकारमा आउन प्रधानमन्त्री ज्यूले आग्रह गरी रहनुभएको थियो। हामीले माग सम्बोधन नहुँदासम्म सरकारमा नजाने अडान लियौं’ मिँयाले नेपाल लाइभसँग भने, ‘स्थानीय चुनाव हुने भएपछि चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ। तर, कुनै निर्णय भएको छैन।’

देउवा र ठाकुरबीच चुनावी तालमेलका विषयमा छलफलका लागि तीन पटक भेटघाट भइसकेको मिँयाले बताए। जनता समाजवादी पार्टी (जसपा) विभाजन भई बनेको लोसपाका अध्यक्ष ठाकुरले चुनावी तालमेलका लागि प्रस्ताव अघि बढाएका हुन्। यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी तालमेलका विषयमा कांग्रेस र लोसपाबीच छलफल भएको खुलासा गरे। ‘कांग्रेस र लोसपाबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको रहेछ। त्यो औपचारिक रुपमा गठबन्धनको बैठकमा प्रवेश पाएको छैन’ माओवादी मधेस प्रदेशको प्रशिक्षका लागि मंगलबार जनकपुर पुगेका प्रचण्डले भने, ‘तर,कांग्रेस र लोसपाबीच चुनावी तालमेलका विषयमा कुनै निर्णय भएको छैन। त्यो एउटा संवादकै चरणमा रहेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *