• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको ज्यान गएको आशङ्का

Bydeep

Mar 22, 2022

चीनमा हिजो दुर्घटनामा परेको विमानमा रहेका सबैको अवस्था अझै थाहा हुन सकेको छैन । उनीहरु जीवितै रहने सम्भावना नगन्य रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् । आकाशबाट जमिनका खसेको विमानमा आगो लागेकाले उनीहरु जीवितै भेटिने सम्भावना नरहेको उनीहरुले बताएका छन् । आठ हजार ८ सय ६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको थियो ।

उद्धारकर्ताहरुले विमानका टुक्राहरु र जलेको अवशेष फेला पारेका छन् । हिजो दिउँसो २ बजेतिर एक सय २३ जना यात्रु र चालक दलका नौ सदस्यसहित एक सय ३२ जना रहेका चाइना इस्टर्न बोइङ ७३७ विमान चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको थियो । अहिले पनि खोजी कार्य चलिरहेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ।

यो पनि – रुस र युक्रेनका राष्ट्रपतिबीच वार्ता गर्ने समय भइसकेको छैन : रुसी राष्ट्रपति कार्यालय

रुसी राष्ट्रपतिको कार्यालयले रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको बताएको छ ।युक्रेनी राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा वार्ताको प्रस्ताव गर्नुभएकोमा रुसी राष्ट्रपतिको कार्यालयले सिधा वार्ताको बेला भइनसकेको बताएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी गर्नुभयो । उहाँहरूका बीचमा वार्ता हुनेगरी परिपक्व वातावरण बनिनसकेको उहाँको भनाइ छ ।

शीर्ष तहको वार्ता हुनका लागि घटनाक्रमले एउटा मोड लिइसकेको हुनुपर्ने र पर्याप्त गृहकार्य पनि हुनुपर्ने भन्दै उहाँले ती त्यस्तो केही नभएको बताउनुभयो । वार्तामा के–के विषयमा कसरी सहमति हुनसक्छ भन्ने स्पष्ट सङ्केत देखिएपछि मात्रै राष्ट्रपतिस्तरीय वार्ता सान्दर्भिक हुने उहाँको भनाइ छ ।

गएको फेब्रअरी २५ देखि रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । आक्रमण पछि दुवै देशका प्रतिनिधिमण्डलका बीचमा पटक पटक वार्ता भए पनि निष्कर्ष निस्कन सकेको छैन । विश्व समुदायले दुवै देशका शीर्ष नेताहरूलाई तत्काल वार्तामार्फत निकास निकाल्न र युद्ध रोक्न आग्रह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *