काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचाररत ‘जनयुद्ध’ का घाइतेलाई भेटेका छन्। वीर अस्पताललमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ६ का रानालाई भेट गरि प्रचण्डले उपचारको लागि खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
मकवानपुरको झुरझुरेमा भएको दोहोरो भीडन्तका बेला उनको टाउकोमा गोलीको छर्रा लागेको थियो। त्यसपछि घाइते भएका उनी शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रही काम गर्दै आएका थिए। टाउकोमा लागेको चोट फेरि बल्झिएपछी रानाको खुट्टामा इन्फेक्सन देखिएको थियो । टाउकोमा नसा ब्लक भएपछि रानाको दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको उनको उपचारमा संलग्न चिकित्सकहरुले प्रचण्डलाई बिफ्रिङ गरेका थिए।
रानाकी श्रीमती वर्षा राना र उपचारमा संलग्न चिकित्सकमार्फत उनको उपचार र आर्थिक अवस्थाबारे जानकारी लिएपछि अध्यक्ष प्रचण्डले उपचारका लागि अब खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। ‘उपचार खर्च, परिवारका लागि पार्टीले सहयोग गर्छ, सरकारसँग पनि कुरा गर्छौ’ उनले भने, ‘खर्चको दु:ख हुन अब दिन्न, दिइन्नँ।’ प्रचण्डले रानाकी श्रीमती वर्षाको रोजगारी र ७ वर्षीय छोराको शिक्षादीक्षाका लागि उचित पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका थिए।
यो पनि :ओलीको दाबी: जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गर्नुभएको छ।पर्साको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा उहाँले देश बनाउने जिम्मेवार पार्टी एमाले भएको दाबी गर्नुभयो।
जनताका दुःखकष्ट सम्बोधन गर्ने र उनीहरूका समस्या समाधान गर्ने पार्टी एमाले भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “जनताका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने पार्टी एमाले हो।” वर्तमान अवस्थामा एमाले प्रतिपक्षमा भए पनि एमालेमाथि सबैको विश्वास रहेको बताउँदै उहाँले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बनेर अगाडि आउने ओलीले दाबी गर्नुभयो।
नगर प्रमुख सरावगी जनता समाजवादी पार्टी तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित हुनुहुन्थ्यो । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगीले यस अगावै जसपाभित्रका केही नेता र कार्यकर्ताले आफूलाई अप्ठ्यारोमा पारेको भन्दै पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जानकारी दिनुभयो ।