काठमाडौं । ११ वर्षअगाडि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेर चर्चामा आएका देवीप्रसाद रेग्मी सहित बिभिन्न नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी परित्याग गरि ७ सय नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।
आज सुनसरीमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई पार्टीमा स्वागत गरे ।सुनसरी भरोल–१ का रेग्मीले २०६७ साल माघ ६ गते खनाललाई एक सार्वजनिक कार्यक्रममा झापड हानेका थिए । त्यसवापत उनले केही दिन प्रहरी हिरासत बस्नुपरेको थियो ।
पाँच दिनपछि जिल्ला अदालतबाट एक रुपैयाँ जरीवाना तिरेर उनी छुटे । झापड खाएका खनालले माफी दिएपछि उनी छुटेका हुन् ।सक्रिय कार्यकर्ता नभए पनि आफू पहिलेदेखि एमालेको समर्थक रहेको उनले त्यसबेला दिएका अन्तरर्वार्तामा बताएका थिए ।
नेतालाई झापड हानेपछि त्यसबेला उनलाई देश विदेशबाट सहयोगको ओइरो लागेको थियो । उनी सामान्य कृषक हुन् ।आज बराह नगरपालिकाको चक्रघट्टीमा आयोजित आमसभाका क्रममा लिङदेनबाट टिका लगाएर रेग्मी राप्रपा प्रवेश गरेका छन् ।
यो पनि :३६ बर्षदेखि मशाल हुँदै माओवादीमा क्रियाशिल प्यूठानका सूर्यबहादुर खड्का एमालेमा
८ चैत, काठमाडाैँ । ३६ बर्षदेखि मशाल हुँदै माओवादीमा क्रियाशिल प्यूठानका सूर्यबहादुर खड्का एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले खड्का एमाले प्रवेश गरेको जानकारी दिएका छन । खड्का एमाले प्रवेश गरेको जानकारी दिँदै सामाजिक सञ्जाल मार्फत थापाले लेखेका छन, ‘२०४२ सालदेखि नेकपा(मशाल) हुँदै निरन्तर कम्युनिस्ट आन्दोलनमा समर्पित र हाल माओवादी केन्द्रमा आबद्ध रहनुभएका आदरणीय सूर्यबहादुर खड्का अब नेकपा(एमाले) मा आबद्ध हुनुभएको छ।
उहाँको ३६ बर्ष लामाे र पुरानाे सम्बद्धता ताेड्ने यस निर्णयले विशेष र दूरगामी महत्त्व राख्दछ। संयाेगवश- उहाँले हाम्राे उपस्थितिमा पार्टीमा आबद्ध हुने निर्णय र घाेषणा गर्नुभयाे। प्युठान नगरपालिका – १० स्याहालपाखा, टाँकुरा, खड्काटाेल र मरन्ठानामा मात्रै नभएर सिंगाे प्युठान जिल्ला र देशकाे कम्युनिस्ट आन्दोलनका निम्ति याे स्वागतयोग्य र खुशीकाे कुरा हाे।’