• Tue. Nov 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

दाङका दुई पालिकाले आफ्नै लगानीमा अस्पताल सञ्चालन गरे

ByDeayam

Mar 22, 2022

दाङको बङ्गलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि आफैँले अस्पताल सञ्चालन गरेका छन् । जिल्लाका दुई पालिकाले गाउँमै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले १५/१५ शय्याकाे अस्पताल सञ्चालनमा ल्याएक जनाएका छन् ।

बङ्गलाचुली गाउँपालिकाले ६ करोड रुपैयाँ खर्च गरेर १५ शय्याको अस्पताल निर्माण गरेको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तलब, भत्ता गाउँपालिकाले नै बेहोर्दै आएको छ । अस्पतालमा दुई चिकित्सको व्यवस्था गरिएको छ । अस्पतालले स्वास्थ्य जाँच, भिडियो एक्सरे लगायतका सुविधा नि:शुल्क प्रदान गर्दै आएको छ । यस्तै प्रसूति, ल्याब परीक्षण सुविधा पनि रहेका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि आफ्नै लगानीमा अस्पताल सञ्चालन गरेको छ । अस्पतालमा ओपीडी, ल्याब परीक्षण, भिडियो एक्सरे, कोरोनाका बिरामीहरूको उपचार गरिँदै आएको छ । अस्पताल प्रसूति र अप्रेशन थिएटर पनि सञ्चालनको तयारीमा रहेको छ ।

गाउँमै नि:शुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीयवासी पनि खुसी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *