• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पद पाउँछु भनेर होइन, एमालेको कार्यकर्ता बन्न आएकी हुँ – करिश्मा मानन्धर

Bydeep

Mar 22, 2022

अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदाबाजी भएर नेकपा एमाले प्रवेश नगरेको बताएकी छन् । मंगलबार नेकपा एमालेमा प्रवेश गरेपछि उनले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन् । ‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु’ उनले भनिन् ।आफू एमाले प्रवेश गर्दा वर्षौदेखि पार्टीमै रहेकाहरुले डराउनुनपर्ने करिश्माले बताइन् । उनले आफू नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् ।

‘कमरेड’ करिश्मा !

अभिनेत्री करिश्मा मानन्धरको राजनीतिक करिअरमा नयाँ घुम्ती आएको छ । उनी मंगलबारदेखि ‘कमरेड’ बनेकी छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित समारोहमा करिश्मालाई पार्टी प्रवेश गराए ।

एमाले प्रवेश गर्न करिश्मा रातो सारीमा सजिएर कार्यक्रमस्थलमा पुगेकी थिइन् । सुटिङ भइरहेको एउटा म्युजिक भिडियोबाट ब्रेक लिएर उनी एमाले प्रवेश गर्न पुगेकी थिइन् । रातो सारी र करिश्माको किस्सा चाहिं रोचक छ । केही वर्षअघि दशरथ रंगशालामा रातो सारी लगाएरै उनी डा. बाबुराम भट्टराईको दल नयाँ शक्ति प्रवेश गरेकी थिइन् ।

बाबुरामको दल छाडेर उनी बीचमा कमेडी विथ मुन्द्रेको टीभी शोमा ब्यस्त भइन् । त्यसबीच उनले मुलुकमा राजसंस्था आवश्यक भएको प्रतिक्रिया पनि दिएकी थिइन् । गत साता अनलाइनखबरसँग कुरा गर्दै करिश्माले एमालेको सिद्धान्त मन परेकाले आफू पार्टी प्रवेश गर्न लागिरहेको बताएकी थिइन् । करिश्माको एमाले प्रवेशको पृष्ठभूमि चाहिं रातारात भएको होइन । कक्षा १२ को परीक्षा हुँदादेखि नै उनी अध्यक्ष ओलीसँगको सम्पर्कमा थिइन् । ओलीले सोही बेलादेखि नै करिश्मालाई पार्टी प्रवेश गराउन पहल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *