• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ: प्रचण्ड

Bydeep

Mar 22, 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रशिक्षण भेला सम्बोधन गर्न केही बेरअघि जनकपुरधाम आइपुगेका छन्। मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको र अहिलेसम्म औपचारिक रुपमा नटुंगिएको पनि बताए। उनले भने, ‘मन्त्रीपरिषद्मा मन्त्रालय हेरफेरको कुरा चलेको छ। केही नयाँ आउने पुराना जाने कुरा चलिरहेको छ। तर निर्णय भैसकेको छैन। मैले प्रधानमन्त्रीलाई भनिसकेको छु, ‘पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ।’

उनले देशको राजनीति निर्वाचन केन्द्रित भएको बताएका छन्। प्रमुख राजनीतिक दलको सम्पूर्ण क्रियाकलाप निर्वाचन केन्द्रित भएको बताएका हुन्। उनले भने, ‘हाम्रो यो प्रशिक्षणको कार्यक्रम पनि निर्वाचनसँग जोडिएको प्रक्रिया हो। प्रशिक्षणमा महाधिवेशनका एजेन्डाभन्दा पनि निर्वाचनका विषयमै हाम्रो जोड रहन्छ।’ निर्वाचनमा आफ्नै बल बुतामा निर्वाचन परिणामलाई निकाल्ने कुरामा उच्च प्राथमिकता दिने उनले बताए। साथसाथै गठबन्धलाई लिएर अघि बढ्ने र गठबन्धनलाई लिएर चुनावमा जाने राम्रो परिणम निकाल्नमै जोड रहेकाे समेत उनकाे भनाइ थियाे।

-यो पनि पढ्नुहोस् : जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बताउनु भएकाे छ । उहाँले राष्ट्रिय जलस्रोत नीति–२०७७ कार्यान्वयन गर्नका लागि आवश्यक मस्यौदा संसदमा पेश गर्ने तयारी गरिएको बताउनुभएको हो । मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको बताउनुभयो ।

उहाँले सरकार जल संरक्षण र सम्वद्र्धनमा पर्याप्त सचेत रहेको पनि बताउनुभयो । भूमिगत जलस्रोतको संरक्षण हुने गरी तय गरिएको नीति र कार्यक्रमको कार्यान्वयन गर्न जोड दिनुपर्ने आवश्यक्ता औंल्याउँदै उहाँले त्यसका लागि आम नागरिकहरुको सचेतनामा समेत ख्याल पुर्याउनु पर्ने बताउनुभएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले पिउने पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था आउने भन्दै सचेत रहनुपर्ने पनि बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *