• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रचण्डले शहीद परिवारलाई मासिक भत्ता उपलब्ध गराउन प्रधानमन्त्रीकाे ध्यानाकर्षण

Bydeep

Mar 22, 2022

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले माओवादी युद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण कार्यविधि संशोधन हुनुपर्ने, छुटेका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सूचीकृत गर्ने, उनीरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनु भएको हो ।

वीर अस्पतालमा उपचाररत जनयुद्धका घाइते भक्त रानालाई भेटेपछि प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेर निःशुल्क र सहज उपचारकाे प्रबन्धका लागि ध्यानाकर्षण गराएका उहाँको सचिवालयले जनाएको छ ।

यो पनि :रुससँगको व्यापार रोक्न युरोपलाई युक्रेनी राष्ट्रपतिको आग्रह

युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले रुससँगको व्यापार बन्द गर्न युरोपेली देशहरूलाई अनुरोध गर्नुभएको छ । आफूमाथि झन्डै एक महिनादेखि आक्रमण गरिरहेको रुसलाई दबाबमा पार्नका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपेली देशका नेताहरूलाई आग्रह गर्नुभएको हो । “कृपया रुससँग लड्नका लागि हामीलाई हतियार सहयोग चाहिएको छैन, हामीलाई तपाई सहयोग गर्न चाहनुहुन्छ भने रुससँगको तपाईहरूको व्यापार बन्द गरिदिए हुन्छ,” उहाँले भन्नुभयो ।

भिडियोमार्फत गरिएको सम्बोधनका क्रममा उहाँले रुससँग युरोपेली देशहरूले कुनै लेनदेन नगर्ने, आफ्ना सामान पनि उता नपठाउने र उताबाट पनि केही सामान आयात नगर्ने हो भने रुस दबाबमा पर्ने दाबी गर्नुभयो । “रुसलाई युक्रेनबाट भाग्न बाध्य बनाउन म सबैलाई अनुरोध गर्दछु,” युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो । जर्मनीलाई नामै लिएर उहाँले जर्मनी र युरोपसँग रुसलाई दबाबमा पार्नसक्ने क्षमता भएको दाबी गर्दै त्यो प्रयोग गर्न अनुरोध गर्नुभयो । युरोपेली देशहरूका विदेश मन्त्रीहरूको बैठक चलिरहेका बेला उहाँले उनीहरूलाई नै लक्षित गरी यस्तो अनुरोध गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *