अभिनेत्री करिश्मा मानन्धर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्दैछिन् । ‘वकल्पिक राजनीति’ गर्दै बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक इनिङको सुरुवात गरेकी करिश्मा अब कम्युनिस्ट पार्टीमा समाहित हुन लागेकी हुन् ।
काठमाडौँको कार्की ब्याङ्क्वेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा प्रवेश गराएका छन् । पार्टीमा भित्रिएसँगै उनी आधिकारिक रुपमा ‘कामरेड’ बनेकी छन् । मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित भएको छ ।
-यो पनि पढ्नुहोस् :के बालक, के युवा, के ज्येष्ठ नागरिक सबैले केपी ओलीको नाम लिन्छन्
पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्रेज निक्कै बढेको छ । । केपी ओलीलाई मन पराउनेले पनि उहाँको नाम लिन्छन्, केपी ओलीलाई मन नपराउनेले पनि उहाँको नाम लिन्छन् । नेपालको राजनीतिमा सत्तामा हुँदा पनि केपी ओलीकै नाम थियो । प्रतिपक्षमा हुँदा पनि केपी ओलीकै नाम छ । देशको समकालीन राजनीति उहाँकै वरिपरि घुमिरहेको छ ।
केपी ओली जता गयो उतै जनलहर ओइरिन्छ । केपी ओली मधेसमा गयो, त्यतै जनलहर, पहाडमा गयो त्यस्तै जनलहर, गर्दा गर्दै शैलुङ्गको टुप्पोमा पुग्दा पनि त्यस्तै जनलहर छ । त्यसैले त जहाँ जनता त्यहाँ केपी ओली, जहाँ केपी ओली त्यहाँ जनता भएको छ । शुक्रबार केपी शैलुङ्गको टुप्पोमा पुग्नुभयो । पृथ्वीको स्वर्ग भनेर चिनिने शैलुङ्गमा बिहीबार मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शुक्रबार शैलुङ्ग साहित्यिक सांस्कृतिक महोत्सव आयोजना गरेको थियो ।
बस्ती भन्दा टाढा, सडक छाडेर एकाध घण्टा हिँड्नै पर्ने, एकान्त तपो भूमिका कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी हुन काठमाडौं लगायतका स्थानबाट साहित्यकार र कलाकार पुग्नुभएको थियो । त्यो कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।
मानव बस्ती भन्दा टाढाको शैलुङ्गमा आयोजना गरिएको कार्यक्रममा मानिसहरूको सहभागिता खासै हुँदैन होला भन्ने आंकलन गरिएको थियो । तर केपी ओली आउने भन्ने सुनेपछि नागरिकको मन किन मान्यो ।
यातायातको साधन पाउने यातायात साधनमा नै गए । नपाउनेहरू घण्टौँ लगाएर केपी ओलीलाई हेर्न, भेट्न र उहाँको कुरा सुन्न शैलुङ्गमा पुगे । शैलुङ्गमामा मानिसको ताँती लाग्यो । हिउँदमा हिउँ र वर्षामा हुस्सुले ढाक्ने शैलुङ्गलाई शुक्रबार मानिसको भिडले छपक्कै ढाक्यो । कार्यक्रममा ओलीले शैलुङ्गको प्राकृतिक, धार्मिक र ऐतिहासिक महत्त्वको बारेमा बताउनुभयो । प्रचार हुन नसक्दा ओझेलमा परेको शैलुङ्गको बारेमा प्रचार भएकोले अब स्वदेशी र विदेशी नागरिक घुम्न आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
त्यति मात्र होइन शैलुङ्गलाई कस्तो बनाउने भन्ने उहाँले आफ्नो अवधारणा पनि सुनाउनुभयो । ‘अब यो शैलुङ्गको डाँडामा अन्य भौतिक संरचना बनाएर यसको स्वरूपलाई बिगार्ने होइन, जति बने बने, अब यहाँ थप संरचना बनाउनु हुँदैन, बाँकी संरचना दायाँ बायाँ बनाउनुपर्छ’, शैलुङ्गमा जम्मा भएका जनताको माझमा ओलीले भन्नुभयो । उहाँले शैलुङ्ग अग्लो भूगोल मात्र नभएर त्यसको इतिहास र सुन्दरता पनि उँचो भएको बताउनुभयो । विदेशी पर्यटकलाई उहाँले शैलुङ्ग हेर्न र बुझ्न आग्रह गर्नुभयो ।
उहाँले दुनियाँमा सभ्यताको सुरुवात धर्तीको यसै भूमिबाट भएको बताउनुभयो । दर्शन, सभ्यता, चिन्तन, आविष्कार र विकासको सुरुवात यसै धर्तीबाट भएको उहाँले तर्क गर्नुभयो । यो भूमिमा शैव चिन्तनबाट सुरु भएको अभियान विभिन्न ऋषिमुनिले अघि बढाएको उहाँले बताउनुभयो ।
शैलुङ्ग ऋषि मुनीहरूको तपो भूमि भएको उहाँले बताउनुभयो । शैलुङ्गमा भेला भएर पूर्वज र पुर्खाप्रति सम्मान जाहेर गरिएको उहाँले प्रष्ट पार्नुभयो । शैलुङ्गमा उभिएर पूर्वज प्रति कृतज्ञता प्रकट गर्न पाएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
नेपालको गौरव गर्न लायक इतिहास भएको ओलीले बताउनुभयो । इतिहास र पुर्खा प्रति कृतज्ञ हुँदै गर्दा नयाँ पुस्ताको लागि बाटो पनि तयार गर्नुपर्ने उहाँको भनाइ छ । अहिलेको जमाना धेरै सजिलो भए पनि सजिलो बनाउने काम अझै पूरा नभएको उहाँले बताउनुभयो ।
शैलुङ्गमा आएर कुनै राजनीति कुरा गर्नु छैन भन्दै ओलीले केही राजनीतिक कुरा गर्न पनि भ्याउनुभयो । ‘यहाँबाट कुनै राजनीति भन्नै मन छैन मलाई, तपाईँहरूले राजनीति बुझ्न बाँकी नै छैन, अब मैले किन भनी रहने, भोट कहाँ हाल्ने भनेर भन्नुपर्छ र मैले ? पर्छ ?’ भन्दै ओलीले प्रश्न गर्नुभयो ।
ओलीले भन्नुभयो, ‘ सबैलाई थाहा छ, भोट कहाँ हाल्नु पर्छ, के चिन्हमा भोट हाल्नु पर्छ, मैले किन भनिरहनु पर्यो, कण्ठ भइसक्यो, कति पटक भोट हालेको, अब झन् सारो धेरै भोट कहाँ हाल्नु पर्छ सबैलाई थाहा छ ।’
उहाँले अब विकासको अभियान चलाउनु पर्ने बताउनुभयो । नेपाललाई गरिबको देश होइन समृद्ध देशका रूपमा परिचित गराउनु पर्ने उहाँको भनाइ छ । सम्पूर्ण नेपाली र नेपाललाई समृद्ध बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।