• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुस र युक्रेन मत्थर नहुँदै चीन र अमेरिका भिड्न थाले

Bydeep

Mar 22, 2022

काठमाडौं । चीन र अमेरिका पुनः भिडेका छन् । चीनको बारेमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको पछिल्लो भनाइप्रति चीनले कडा आपत्ति जनाएको हो । ब्लिन्केनले चीनको बारेमा झूट फैलाएको बताएको बताइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले यात्रुवाहक विमान दुर्घटनाबाट चिनियाँ जनता दुखी रहे पनि अमेरिकी विदेशमन्त्रीले चीनमा भएको ‘नरसंहार’बारे झूट फैलाइरहेको बताइन् ।
यो कत्तिको असंवेदनशील छ ? भन्ने प्रश्न पनि उनले गरेकी छिन् । होलोकास्ट म्युजियमको आठौं वार्षिकोत्सवको अवसरमा सोमबार अमेरिकी विदेशमन्त्रीले प्रलयपछि अमेरिकाले सात पटक नरसंहार भएको निष्कर्ष निकालेको बताए ।

यसै क्रममा उनले बर्मामा रोहिंग्यामाथि भएको नरसंहारको उल्लेख गरे, त्यसपछि उनले चीनको पनि उल्लेख गरेका हुन् । चीनलाई उद्धृत गर्दै ब्लिन्केनले भने, ‘मानवअधिकार उल्लङ्घन गर्नेले त्यसको परिणाम भोग्नुपर्नेछ । चीन भित्र र बाहिर असन्तुष्ट र मानव अधिकार रक्षकहरूलाई दमन गर्ने प्रयास गरेको आरोपमा अमेरिकाले धेरै चिनियाँ अधिकारीहरूलाई भिसा प्रतिबन्ध लगाएको छ ।’

ब्लिन्केनको भनाइबाट आक्रोशित चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भनेकी छिन्, ‘अमेरिकाले के गर्‍यो र के गरिरहेको छ हेर्नुस् । मूल निवासी अमेरिकीहरू विरुद्ध नरसंहार, जातीय भेदभाव, र बन्दुक सम्बन्धित हिंसा । इराकी र अफगानीहरू विरुद्धको क्रूरता पनि ।’ चुनयिङले आफूलाई मानवअधिकारको रक्षक ठान्ने अमेरिकी अधिकारीहरूले कल्पनाको संसारबाट ब्यूँझनुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *