• Mon. Oct 2nd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

विगतका तीता कुरा बिर्सदै आगामी दिनमा सशक्त रुपमा अघि बढ्नेछौ :कमल थापा

ByDeayam

Mar 22, 2022

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तीता कुरा बिर्सने र त्रुटिहरूलाई सच्याएर आगामी दिनमा सशक्त रुपमा अघि बढ्ने बताएका छन्।

मंगलबार जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपालसँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने विचार भएको बताउँदै आफू पार्टीलाई माथि उठाउन दिनरात मेहनत गरिरहेको बताए।

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिने चिन्ता बढेको भन्दै थापाले भ्रष्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरीलाई रोक्नेतर्फ कसैले चासो नदेखाएको बताए।

राप्रपा नेपाललाई काङ्ग्रेस-कम्युनिस्ट पार्टीको विकल्पको रूपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको, राजनीतिक एजेन्डामा मात्र सबै अल्मलिएको आरोप लगाए।बैठकमा पार्टीका महामन्त्रीत्रय सुशील श्रेष्ठ ,भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण, सचिवालय तथा संगठन सम्बन्धमा आफ्नो-आफ्नो प्रस्तुति दिएका थिए।

बैठकमा ४५ जिल्ला कार्यसमितिका अध्यक्ष एवम् केन्द्रीय पदाधिकारीहरूको सहभागिता थियो । बाँकी जिल्ला अध्यक्षहरूको बैठक चाँडै नै गरिने राप्रपा सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *