८ चैत, काठमाडाैँ । ३६ बर्षदेखि मशाल हुँदै माओवादीमा क्रियाशिल प्यूठानका सूर्यबहादुर खड्का एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले खड्का एमाले प्रवेश गरेको जानकारी दिएका छन । खड्का एमाले प्रवेश गरेको जानकारी दिँदै सामाजिक सञ्जाल मार्फत थापाले लेखेका छन, ‘२०४२ सालदेखि नेकपा(मशाल) हुँदै निरन्तर कम्युनिस्ट आन्दोलनमा समर्पित र हाल माओवादी केन्द्रमा आबद्ध रहनुभएका आदरणीय सूर्यबहादुर खड्का अब नेकपा(एमाले) मा आबद्ध हुनुभएको छ।
उहाँको ३६ बर्ष लामाे र पुरानाे सम्बद्धता ताेड्ने यस निर्णयले विशेष र दूरगामी महत्त्व राख्दछ। संयाेगवश- उहाँले हाम्राे उपस्थितिमा पार्टीमा आबद्ध हुने निर्णय र घाेषणा गर्नुभयाे। प्युठान नगरपालिका – १० स्याहालपाखा, टाँकुरा, खड्काटाेल र मरन्ठानामा मात्रै नभएर सिंगाे प्युठान जिल्ला र देशकाे कम्युनिस्ट आन्दोलनका निम्ति याे स्वागतयोग्य र खुशीकाे कुरा हाे।’
यो पनि: कृष्णबहादुर महराका स्वकीय सचिवले नै गरे पार्टी परित्याग
दाङ : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमाेद शर्माले पार्टी परित्यागकाे घाेषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहेका शर्माले माओवादी पार्टी परित्याग गरेकाे घाेषणा मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले लेखेका छन् ।
सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको समाजिक संजाल फेसवुकमार्फत सार्वजनिक गरेका छन् । उनले लेखेका छन्– आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भुमिकामा आफूलाई उभ्याउने छु । उनले माओवादी त्यागेको घोषणा गरेपछि माओवादी वृतमा हलचल पैदा भएको छ । शर्मा महरा पछिल्लोपटक सांसद भएसँगै उनको स्वकीय सचिव रहँदै आएका थिए ।
उनी माओवादी वृतमा भद्र र शालीन नेताका रूपमा परिचित छन् । उनका जेठा दाइले माओवादी युद्धमा ज्यान गुमाएका थिए । उनका सबै परिवार पूर्णकालीन माओवादी हुन् । डेरी व्यवसाय गरेर बसेकी उनकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा चुनाव लडाएका थियो । तर, उनी पराजित गरेकी थिइन् । माओवादी स्रोतका अनुसार शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए । तर, माओवादीले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट थिए ।