• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अमेरिकामै अस्ताए कर बिज्ञ तथा सामाजिक अभियन्ता कमल शर्मा

ByDeayam

Mar 23, 2022

अमेरिकाको टेक्सस राज्यको ड्यालस बस्दै आएका कर बिज्ञ तथा सामाजिक अभियन्ता कमल शर्माको निधन भएको छ ।
पित्तनलीमा आएको समस्यामासंग संघर्ष गर्दै आएका शर्माको मार्च २२ का दिन स्थानीय समय अनुसार २ः३० बजे निधन भएको जनाइएको छ ।

शर्माका निधनलाई लिएर एचडिएनपी इन्टरनेसनलका संस्थापक देवी डेविड आचार्यले समवेदना दिएका छन् । आचार्यले आज अस्पतालबाट फर्केर आए पछि ईनेप्लिजलाई उनको निधन भिटस हसपाइस युनिटमा भएको बताए ।

गत बर्ष मे महिना देखि नै अवुर्द रोग (क्यान्सर) लागेको पहिचान भएको थियो । उनलाई लागेको उक्त रोग दुर्लभ हो । यस्तो प्रकारको रोग प्राय ६० बर्ष माथिका व्यक्तिहरुलाई लाग्ने गर्छ । तर उनलाई ४० बर्षको उमेरमा लाग्यो र ४१ बर्षमा उनको निधन भएको छ ।

उनि टेक्ससमा आफ्नी पत्नी सरिता शर्मा आचार्य ,दुई छोराहरु र एक छोरीका साथ बसोबास गर्थे र सपरिवार टेक्ससमै बसोबास गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *