• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

उदयपुरमा यसरि गरियो प्रहरी जवान उर्मिला श्रेष्ठको अन्तिम संस्कार

Bydeep

Mar 23, 2022

ड्युटीमा रहेको अवस्थामा मोरङको लेटाङमा ज्यान गुमाउन पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको अन्तिम संस्कार गृहजिल्ला उदयपुरमा भएको छ ।२६ वर्षको उमेरमै कर्तव्य पालनको क्रममा ज्यान गुमाएकी उर्मिलाको उदयपुरमा मङ्गलबार अन्तिम संस्कार भएको हो । त्रियुगा नगरपालिका १६ को डिहिटारमा रहेको घरमा केही समय श’व राखेपछि उनको परम्परागत शैलीमा दा’हासंस्कार भएको जिल्ला प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।मृ’तक प्रहरीप्रति नेपाल प्रहरीले मङ्गलबार पनि शो’क सलामी दिएको थियो । गौतम नेतृत्वमा रहेको प्रहरी टोलीले शो’क सलामी दिएको हो ।

सोमबार विराटनगरस्थित कोसी अस्पतालमा सुरक्षा निकायले शो’क सलामी दिएको थियो ।उनको मृ’त्युले गाउँनै शो’कमा डु’बेको छ । घटनास्थलबाट उदयपुर ल्याइएको शव जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी जवान श्रेष्ठको घरसम्म पुर्याएको थियो । नेपाल प्रहरीले दाहासंस्कार खर्च २५ हजार रुपैयाँ परिवारलाई उपलब्ध गराएको छ ।

यो पनि – नेपाल प्रहरी जवान उर्मिला श्रेष्ठको मोरङमा जनताको सेवा गर्दा गर्दै ज्यान लिइयो । जनताको सेवा गर्न फिल्डमा खटिएकी उनको जनताले नै ज्या’ न लिए । एक जना ६ कक्षामा पढ्ने विद्यार्थीलाई उनकै शिक्षकले यौ’ ‘न दु’ब्र्य’व’हा’र भएको घटना बाहिरिएपछि शिक्षकलाई पक्राउ गर्न पुगेकी उर्मिलालाई गाउँलेले ज्या’ ‘न लि’एका हुन् । मोरङको लेटाङमा मृत्यु भएको हो । उनलाई नेपाल प्रहरीले शोक सलामी दिएर अन्तिम संस्कार गरिएको छ ।परिवारकी एक्ली छोरी उर्मिलाको असामयिक निधनले उनको परिवारमा बज्रपात परेको छ । विवाह गरेको एक वर्ष पनि पुरा नहुँदै श्रीमती गुमाउनुपर्दा उनको श्रीमानको आँशु ओभाएका छैनन् । उनी विक्षिप्त बनेका छन् ।

उर्मिलाको परिवारका अधिकांस सदस्य प्रहरीमै थिए । उनका एक मात्र दाई पनि प्रहरीमा जागिरे छन् भने श्रीमान पनि प्रहरी नै हुन् ।तराइमा सबैले होली मनाइरहँदा उनी भने ड्युटीमा थिइन् । चाडपर्वकै दिन उनको ज्या न गएको हो । श्रीमतीलाई अन्तिम विदाई गर्नुपर्दा श्रीमान र बहिनीलाई सदाको लागि विदा गर्नुपर्दा उनका दाई भाव विह्वल भए ।

श्रीमानले उर्मिला संधै विरामी हुने गरेको बताएका छन् । तर उर्मिलाई राम्रो उपचार गराएर संगै बस्ने सपना संधैको लागि उजाडियो भन्दै उनका श्रीमान भक्कानिए ।उनका दाई पनि परिवारमा भएको यो दुखद् अवस्थाको कहिल्यै भर्पाइ नहुने बताए । हामी संगै ड्युटी मिलाएर एकै ठाउँ बस्ने योजना थियो, श्रीमान नबिन भन्छन् हामीलाई हाकिमहरुले पनि तिमीहरुको ड्युटी मिल्दैछ भन्नुभएको थियो । तर यस्तो भयो उनले रुँदै भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *