• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमाले बैठकमा पत्रकारबीच हानाहान

Bydeep

Mar 23, 2022

काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय समितिको बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा चलिरहेको छ। स्थानीय निर्वाचनको तयारी, घोषणापत्रबारे छलफल लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकले विभिन्न ११ वटा एजेन्डा तय गरेको छ।

कार्की व्यांक्वेट भित्र बैठक चलिरहँदा बाहिर भने पत्रकारहरुबीच मुक्का हानाहान भएको छ। हानाहानको कारण भने खुलिसकेको छैन। तर, दुई पत्रकारबीच लामैसमय हानाहान भएको भिडियोमा देख्न सकिन्छ। झडपमा उत्रिएका ती पत्रकारलाई प्रहरीले छुट्टाएको छ। कार्यक्रमस्थलमा बाह्रखरी र हिमालय टिभीका पत्रकारबीच हानाहान भएको बताइएको छ।

बैठकमा छलफलका लागि विभिन्न ११ एजेन्डा तय गरिएको छ । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन महत्त्वपूर्ण रहेको एमाले नेताहरूले बताएका छन् । यस्तै, विभिन्न विभागहरू गठन बैठकको कार्यसूचीमा समावेश छ । स्थानीय तह निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, घोषणापत्र तय गर्नेलगायत एजेन्डा छन् ।

यो पनि : जुवातास बन्द भएपछि महिलालाई राहत,श्रीमान् श्रीमतीसँगसँगै काम गरेर आम्दानी गर्न थाले

म्याग्दी, ९ चैत-धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास बन्द गरिएपछि महिलालाई राहत मिलेको छ । जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुष घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न हुन थालेका छन् । स्थानीय सीता छन्त्याल जुवातास बन्द भएपछि महिलालाई राहत मिलेको बताउनुहुन्छ । “जुवातास र मदिरामा भुल्ने पुरुष घरायसी र आम्दानी हुने काममा संलग्न हुन थालेपछि घरमा झगडा हुने क्रम घटेको छ”, उहाँले भन्नुभयो, “श्रीमान् श्रीमतीसँगसँगै काम गरेर आम्दानी गर्न थालेका छन् । सामाजिक सद्भाव र शान्ति कायममा मद्दत पुगेको छ ।”

समाज सुधार र परिवर्तनका लागि वडा कार्यालय, आमा समूह र युवा क्लबको पहलमा गुर्जामा जुवातास बन्द र मदिरा सेवनका लागि समय तोकिएको थियो । दुई सय ६५ परिवार बस्दै आएको गुर्जामा बिहान ५ देखि साँझ ६ बजेसम्म मदिरा सेवन गर्न रोक लगाइएको छ । विसं २०७४ देखि जुवातास बन्द गरिएको थियो । गाउँमा दैनिक आठ÷दशवटा खाल बनाएर पुरुष तास खेलेर समय बिताउँदा सामाजिक समस्या देखिएपछि जुवातास बन्द गर्ने निर्णय लिइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

“जुवातास बन्द गराउँदा केही व्यक्ति आक्रमण गर्न आए”, उहाँले भन्नुभयो, “अहिले धेरैले बुझेका छन् । समाजिक सुधारमा सहयोग पुगेको छ । घरायसी झगडा र विवाद घटेको छ ।” जुवातासमा भुल्नेहरू अहिले विकास आयोजनामा मजदुरी, खेती किसानी, जडीबुटी सङ्कलन र घरायसी काममा महिलालाई सघाउन थालेका छन् ।

महिलालाई घरायसी कामको बोझ घटेको पुर्माकुमारी विकले बताउनुभयो । आम्दानी हुन थालेपछि घरव्यवहार चलाउन सहज भएको उहाँको भनाइ छ । यसअघि विकास आयोजनामा श्रमदान र ज्यालामा काम गर्ने महिलाको सङ्ख्या अत्यधिक थियो । हाल फुर्सद भएका सबैले काम गर्छन् । खेतबारी र घरायसी काममा श्रीमान् श्रीमतीसँगसँगै हुन्छन् । विकाससँगै रोजगारी र आम्दानीको अवसर मिलेको इन्द्रबहादुर छन्त्यालले बताउनुभयो । “ज्येष्ठ नागरिक र विद्यालय जाने बालबालिकाबाहेक सबै काममा हिँड्छौँ”, उहाँले भन्नुभयो, “दुई वर्ष पहिला रु दुई करोडभन्दा बढीको बजेटका योजना आउँदा हरेक घरमा रु एक लाखभन्दा बढी भित्रिएको थियो । स्थानीय सरकार आएपछि गाउँमा रोजगारी र आम्दानीको अवसर मिलेको छ।”

भौगोलिकरूपमा विकट गुर्जाका बासिन्दाले यसअघिको दुई आर्थिक वर्षमा गल, घन, कुटो, कोदालो, बाउसो, बेल्चालगायत उपकरण प्रयोग गरी दुई किलोमिटर सडक खनेका थिए । गुर्जामा यस वर्ष स्वास्थ्य चौकी भवन, दुई झोलुङ्गे पुलसहित ११ योजना सम्पन्न हुँदै छन् । ओमथान र दुलढुनाको स्टिल ट्रस पुल र रु ६ लाखको मलामी आश्रयस्थलको काम सकिएको छ । अन्य योजना कार्यान्वयनका क्रममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *