केरा खाएर यता उता बोक्रा फाल्ने तपाईको बानी छ भने त्यसलाई बदल्नुहोस । किनभने केराको बोक्रामा भरपूर मात्रामा पोषक तत्व र कार्बोहाइड्रेट हुन्छ ।
विशेषज्ञका अनुसार केराको बोक्रालाई पिसेर त्यसको पेस्ट दुखेको ठाँउमा १५ मिनेटसम्म लगाएर राख्नाले टाउको दुखेको निको हुन्छ ।
रगतको धमनीमा पैदा हुने तनावको कारण टाउको दुख्ने गर्छ यस्तोमा केराको बोक्रामा रहेको म्याग्नेशियम धमनीहरुमा गएर टाउकोको दुखाई रोक्नको लागि सहायक सिद्ध हुन्छ ।
केराको बोक्रालाई दिनको दुईपटक दाँतमा रगड्नाले त्यसमा चमक आँउछ किनभने त्यसमा रहेको पोटेसियम, म्याग्नेसियम र म्यागनिजले दाँतमा जमेको पँहेलोपन हटाउनको लागि मद्धत गर्छ ।दिनमा दुई पटक केराको बोक्राले दाँत रगड्नाले केही दिन मै तपाईको दाँतमा चामत्कारिक चमक देखिन थाल्छ ।
खुट्टामा वा हातमा आउने मुसामा केराको बोक्रा दलेर रातभर यत्तिकै छोडिदिनाले फेरि त्यही ठाँउमा मुसा निस्कदैन् ।स्तै डन्डीफोरमा केराको बोक्रालाई मिचेर पाँच मिनेट सम्म लगाउनाले तपाईले डन्डीफोरको समस्याबाट छुटकारा पाउनुहुन्छ ।
केराको बोक्राले छालामा पानीको कमी पुरा गरिदिन्छ । अण्डाको पहेँलो भागमा केराको बोक्रा पिसेर मिलाएर अनुहारमा लगाउनुहोस यसले अनुहारको चाँया हराँउछ ।दुखाइ भएको ठाँउमा केराको बोक्रालाई पिसेर लगाउनाले आराम मिल्छ ।
केसैले टोकेर दुखाइ भएको ठाँउमा केराको बोक्रालाई लगाउनाले जलन टाढा हुन्छ ।केराको बोक्रालाई यसरी गर्नुहोस् प्रयोग, निकै चाँडो घट्नेछ तौल
हामीमध्ये धेरैले केरा खान्छौं र त्यसको बोक्रा फालिदिन्छौं । केराको बोक्राको फाइदाबारे थाहा नहुँदा हामीले यस्तो गर्छौं ।यदि कसैले केराको बोक्राले तौल घट्छ भन्ने हो भने हामीले सायद विश्वास गर्दैनौं होला तर यो कुरा साँचो हो ।
केराको बोक्रा विभिन्न गुणले भरिपूर्ण हुन्छ, जसले शरीरलाई भारी मात्रामा पोषण दिनुका साथै तपाईंको बढिरहेको तौललाई पनि नियन्त्रण गर्दछ ।
कसरी खाने केराको बोक्रा ?
कोराको बोक्रालाई विभिन्न तरिकाले खानामा समावेश गर्न सकिन्छ । एशियाली राष्ट्र र क्याराबियन क्षेत्रमा केराको बोक्रा र गुदी दुबैलाई पकौडा बनाएर खाने गर्दछन् ।
यसका साथै उनी केराको बोक्राको ‘बनाना पिल टी’ वा ‘भनिल्ला आइसक्रिमसँगै स्मूदी’ पनि बनाइन्छ । कतिले यसलाई यत्तिकै खान रुचाउँछन् भने धेरैले यसलाई १० मिनेटसम्म बाफमा पकाएर खाने गर्दछन् ।
कतिले त केराको हरियो बोक्रालाई तरकारीको रुपमा पनि प्रयोग गर्दछन् । पहेंलो बोक्रालाई भने काँचै खान सकिन्छ । अनुसन्धानका अनुसार पहेंलो बोक्रामा एन्टी क्यान्सर गुण पाइन्छ जसले ह्वाइट ब्लड सेल्सलाई उत्पादन गर्नमा निकै मद्दत गर्दछ ।
यस्तोमा यदि तपाईं आफ्नो आहारमा केराको हरियो बोक्रा प्रयोग गर्नुहुन्छ भने यसलाई नरम बनाउका लाष् िसबैभन्दा पहिले यसलाई १० मिनेट उमाल्नुहोस् । त्यसपछि मात्र यसको प्रयोग गर्नुहोस् ।
केराको बोक्राबाट हुने लाभः
१. सबैलाई राम्रोसँग थाहा होला कि केरा फाइबरको राम्रो स्रोत हो जसले तपाईंको पाचन क्रियालाई ठिक बनाएर तौल घटाउन मद्दत गर्दछ । केरामा आवश्यक भिटामिनजस्तै बी–सिक्स, बी१२ का साथै मिनरल्स, पोटासियम र म्याग्नेसियम पनि प्रचुर मात्रामा पाइन्छ ।
२. केराको बोक्रालाई मफिन र टी केक्समा एक महत्वपूर्ण सामग्रीको रुपमा समावेश गर्न सकिन्छ ।
३. केराको बोक्रामा भिटामिन–ए भरपुर मात्रामा पाइन्छ जसले इम्युनिटीलाई बलियो बनाएर संक्रमणबाट लड्न निकै मद्दत गर्दछ । यसमा लुटीन नामको एउटा यस्तो पदार्थ पाइन्छ जसले मोतीबिन्दु हुनबाट जोगाउँछ । यसका साथै यसमा एन्टी अक्सिडेन्टका साथै भिटामिन बी, विशेषगरी भिटामिन बी सिक्सको मात्रा अत्यधिक पाइन्छ ।
४. यसमा पाइने फाइबरले पाचन क्रियाको कार्यलाई क्रमशः शरिरबाट कोलेस्ट्रोललाई कम गर्दछ ।
५. केराको बोक्रामा पोटासियम र म्याग्नेशियमको मात्रा धेरै हुने भएकाले रक्तचापलाई नियन्त्रणमा राख्न सहयोग गर्दछ ।