काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा घरको कौसीबाट खसेर दुई वर्षकी बालिकाको ज्यान गएको छ । गएराति ९ बजेतिर आफ्नै घरको तीन तलामाथिको कौसीबाट खसेर भुपाल श्रेष्ठकी दुई वर्षकी छोरी हेनिसा श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार टाउको गम्भीर चोट लागेकी घाइते बालिकाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो ।
यो पनि : सपिङ सेन्टर बाहिर भएको आक्रमणमा चार इजरायलीको मृत्यु
इजरायलको दक्षिणी भागमा भएको आक्रमणमा चार इजरायलीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । तीनजनालाई बेरशेबाको बिग सपिङ सेन्टर बाहिर छुरा प्रहार गरी हत्या गरिएको थियो भने चौथोलाई आक्रमणकारीले चलाएको गाडीले किचिएको उनीहरूले जानकारी दिएका छन् । आक्रमणकारीलाई एक बस चालकले गोली हानेर मारेका थिए ।
इजरायलको आन्तरिक सुरक्षा एजेन्सीले आक्रमणकारी इजरायली अरब भएको बताइएको छ जसलाई एक पटक इस्लामिक स्टेट (आईएस) समूहलाई समर्थन गरेको आरोपमा पक्राउ गरिएको थियो । उनको नाम मुहम्मद गालेब अहमद अबु अल्कियान रहेको र उनी बेरशेबाबाट १२ माईल (१९ किलोमिटर) पूर्वमा हुराको बेदुइन सहरका हाई स्कूल शिक्षक रहेको उल्लेख गरिएको छ ।