• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

घरपालुवा कुकुरले लियो १७ महिने शिशुको ज्यान

ByDeayam

Mar 23, 2022

बेलायतको सेन्ट हेलेन्सस्थित एउटा परिवारमा एक साता भन्दा कम समय अघि पाल्न ल्याइएको एउटा कुकुरले १७ महिने शिशुको ज्यान लिएको छ ।ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

एक विज्ञप्तिमार्फत पीडित परिवारले घटनाको क्रममा गरेको सहयोगका लागि मर्सिसाइड प्रहरीलाई धन्यवाद दिएको छ । प्रहरी सुपरिटेन्डेनट स्टिभ ब्रिजेलले भनेका छन्, “ बेल्ला राएले अकल्पनीय र डरलाग्दो परिस्थितिमा ज्यान गुमाउन पुगेकी छन् ।

हामी दुखित परिवारका साथ छौँ । सम्पूर्ण समुदाय नै यस घटनाबाट स्तब्ध हुन पुगेको छ । हामीले समुदायका यस्ता अप्रिय घटना फेरि नदोहरियोस् भनेर आगामी दिनमा सो क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने भएका छौँ । प्रहरीले सो कुकुरलाई कष्ट नदिइकन मारिएको र त्यो कुकुरको प्रजाति र विगतका मालिकहरूबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ ।

पीडित परिवारका ५३ वर्षीया छिमेकी जोआन्ने म्याथ्युजले पिए न्युज एजेन्सीलाई भनेकी छन्, “ती बच्ची अत्यन्तै हिस्सी परेकी थिइन् । घर छेउबाट हिँड्दा अभिवादन गर्न म यो परिवारसँग भेट्ने गर्दथेँ । अत्यन्तै सुखी परिवार थियो । पूर्ण रूपमा हुर्केको त्यो कुकुर स्टाफोर्डसायर टेर्रियर वा पिटवुल हुनुपर्दछ । ती बच्ची आफनो दाजुसँग खेल्दै गरेको दृश्य सम्झेर अन्य छिमेकीले पनि आँसु झारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *