• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

जी–२० बाट रुसलाई निस्कासित गर्न पश्चिमा राष्ट्रहरुको तयारी

ByDeayam

Mar 23, 2022

विश्वका २० शक्तिशाली राष्ट्रको समूह जी–२० बाट रुसलाई निस्कासित गर्न पश्चिमा राष्ट्रहरुले तयारी थालेका छन्।

तर चीनले भने पश्चिमा राष्ट्रको त्यस्तो तयारीको विरोध गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले बुधबार भनेका छन्,‘जी–२० बाट कसैलाई पनि कसैले निस्कासित गर्ने अधिकार राख्दैनन्।’रोयटर्सका अनुसार जी–२० बाट रुसलाई हटाउन अमेरिकासहितका पश्चिमा राष्ट्रले परामर्श थालेका छन्।

जी–२० विश्वको सबैभन्दा बढी अर्थव्यवस्था भएका राष्ट्रको समूह हो। यसको उद्देश्य विश्वलाई प्रभावित गर्ने वैश्विक अर्थव्यवस्था, जलवायु परिवर्तन र विकासका काममा मिलेर अगाडि बढ्नु हो।

यदी रुसलाई जी–२० बाट हटाइए रुसले ठूलो आर्थिक प्रतिबन्धहरु झेल्नसक्छ। यद्यपी भारत, चीन र साउदी अरबजस्ता राष्ट्रले त्यसो हुन नदिन भिटो शक्तिको प्रयोग गर्नसक्छन्।

किनभने युक्रेनलाई रुसले आक्रमण गरिरहँदा यी राष्ट्रले रुसको आलोचना गरेका छैनन् भने रुसमाथि कुनै किसिमको प्रतिबन्ध पनि लगाएका छैनन्। बीबीसी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *