• Sat. Dec 2nd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

तालिबानीले दियो दिल्लीमा हमला गर्ने चेतावनी, अत्यासमा दिल्ली

Bydeep

Mar 23, 2022

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की प्राप्त भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार नयाँ दिल्लीमा हमलाको धम्की दिने तहरीक–ए–तालिबानको इन्डिया सेल हो । तहरीक–ए–तालिबानको इन्डिया सेललले हमला गर्नेबारे इमेलमा खबर पठाएको बताइएको छ । इमेलमा बम बिस्फोट गराउने सम्मको धम्की प्राप्त भएको बताइएको छ । उक्त इमेल प्राप्त भएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरिएको छ ।

मंगलबार रातिदेखि नै दिल्ली प्रहरीले सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाउन थालेको छ । दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक–ए–तालिबानले ईमेलमार्फत धम्की पठाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले दिल्लीका संवेदनशील क्षेत्रमा प्रहरीको बाक्लो सुरक्षा व्यवस्था रहेको छ । मंगलबार राति सरोजिनी नगर मार्केटमा घण्टौँसम्म सर्च अपरेसन चलाइएको थियो । दिल्ली प्रहरीले इमेल पठाउने व्यक्तिको ट्याकसमेत पहिल्याउन खोजिरहेको छ ।

यो पनि -चीनमा विमान दुर्घटना : सवार सबैको मृत्यु भएको आशंका

एजेन्सी । चीनमा भएको विमान दुर्घटनामा सवार सबै यात्रुको मृत्यु भएको आशंका गरिएको छ । उक्त विमानमा सवार यात्रुको अवस्था अझै पनि अज्ञात रहेकाले सबैको मृत्यु भएको हुनसक्ने आशंका गरिएको हो । उद्दारकर्ताहरुका अनुसार दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त विमानमा रहेका १३२ जना यात्रुमध्ये कोही पनि जीवित भेटिएका छैनन् । चाइना इस्टर्न फ्लाइट MU5735 किन सोमबार आकाशबाट खस्यो भन्नेबारेसमेत अहिलेसम्म जानकारी प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । गुआङ्सी प्रान्तमा बोइङ ७३७–८०० दुर्घटनाग्रस्त स्थलमा कठिन भूभागका कारण उद्दार गर्न समस्या भइरहेको उद्दारकर्मीहरुले बताएका छन् ।

खबर पर्खेर बसेका यात्रु र चालक दलका परिवारहरू शोकमा डुबेका छन् । दुर्घटनामा परेको विमानको भग्नावशेषहरू छरपस्ट भएको वुझाउको ठाडो जंगली भिरालोहरूमा सयौं उद्दारकर्मीहरूले खोजी कार्य जारी राखेका जनाइएको छ । चीनको नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको करिब ३६ घण्टासम्म समाचार ब्रीफिंग आयोजना नगरेकाले हताहत बारेमा आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।

सीएएका उड्डयन सुरक्षा कार्यालयका निर्देशक झु ताओले अहिलेसम्म भएको खोज र उद्दारका क्रममा कोही पनि व्यक्ति जीवित फेला नपरेका पत्रकारहरूलाई जानकारी गराएका छन् । दुर्घटनाको स्पष्ट कारण हालसम्म खुल्न नसकेको बताउँदै उनले अहिलेसम्म प्राप्त जानकारीलाई ध्यानमा राखेर मूल्यांकन गरिरहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *