कीर्तिपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा लागेका घाउलाई निको पार्दै अघि बढ्नुपर्ने बताएका छन् । बुधबार कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको सम्मेलनमा थापाले विश्वविद्यालयलाई घाउ लाग्दै गर्दा सबैको मन दुखेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताएका हुन् ।
उनले विश्वविद्यालयमा देखिएका समस्याहरू समाधानका लागि प्रधानमन्त्रीदेखि सरोकारवाला सवैको ध्यानाकर्षण गराउनुपर्ने पनि बताए । महामन्त्री थापाले विश्वविद्यालय राजनीतिक दलसँग आबद्ध भएका व्यक्तिले बिगारेको भन्ने आरोपलाई असत्य सावित गर्न त्रिवि सुधार गर्नुपर्नेमा जोड दिए । नेपालको उच्च शिक्षा सञ्चालनका लागि ऐनको आवश्यक रहेको उनको भनाइ छ । उनले मुलुकमा ठूलो परिवर्तन भएपनि विश्वबिद्यालयको बिषयमा कसैको ध्यान जान नसेकेको धारणा राखेका थिए ।
यो पनि : विश्वका ५ रहस्यमय ठाउँ, यस्ता छन् चकित पार्ने तथ्यहरु
संसार निकै अनौठो छ। संसारमा केही कयौं यस्ता घटना अनि ठाँउ छन् जुन निकै रहस्यमय अनि अनौठा छन्। समुन्द्रमा केही यस्ता ठाँउ छन् जहाँबाट समुन्द्री जहाज साथै विमान पनि गायव भएका छन्। कहाँ गए पत्तोअत्तो छैन।
बर्मुडा ट्र्याङ्गल नामक एक ठाउँ छ, समुन्द्री क्षेत्र, जहाँबाट कयौं पानी जहाज अनि विमान हराएका छन्। जब यस्तो घटना घट्छ तब अधिकांस समय एलियनले गरेको भनि अड्कल काटिन्छ। एलियन अन्य ग्रहका प्राणी हुन। पृथ्वी जस्तै अन्य ग्रहमा प्राणी हुनसक्ने सम्भावना निकै धेरै छ। तापनी अहिलेसम्म कतैबाट अन्य प्राणी आएको वैज्ञानिक रेकर्ड सार्वजनिक भएको छैन। तर भुत देखेको कहानी जस्तै एलियन र एलियन चढेर आएको युएफओ देखेको कहानी निकै चर्चित छ।
यस्तै घटनाहरु मध्ये ५ रहस्यमय घटना यस्ता छन्ः
सुपरस्टिसन माउन्टन (अन्धविश्वासी पहाड) अरिजोनाको स्थिन फिनिक्सको पुर्व तर्फ अवस्थित छ। सन् १८०० ताका जेकव वाल्ट्जले यो पहाड भित्र ठुलो सुनखानी भएको पत्ता लगाएका थिए। पहाडबाट फर्केर उनले आफ्नो एक साथीलाई सुनखानी भेटेको कुरा भने। कयौं वर्षसम्म मानिसहरुले खोज गरे तर कुनै सुनखानी भेटिएन तर खोज्न गएका मानिसहरु भने नफर्किने हुन थाल्यो। कयौं मानिसहरु हराए। त्यो ठाँउका मानिसहरुले यसलाई नर्कको ढोका भनी चिन्छन्।
यो घटना सन् १९३० को हो। जोए लबेली नामक एक व्यक्ति अजिकुनी नामको एक तलाउको किनारा वरिपरि बस्ने गाउँमा बास माग्न पुगे। पहिल्यै एक पटक आइसकेको भएकाले करिब २००० मानिस उक्त गाउँमा बस्ने गरेको उनलाई थाहा थियो। तर उनी जब त्यहाँ पुगे नसोचेको देखे। पुरै गाउँमा एकजना पनि मानिस थिएनन। गाउँलेका खाना अनि शिकारको लागि प्रयोग गर्ने बन्दुकहरु ठाँउमै थिए। धेरैले सो गाउँका मानिसहरुलाई एलिएन (अन्य ग्रहका प्राणी जसको अस्तित्व अझै खुलस्त छैन)ले लगेको मान्दै आएका छन्।
मासाचुस्सेटको दक्षिणपुर्वी इलाकामा पर्ने ब्रिजवाटर ट्र्याङ्गलमा ठुला राक्षसजस्ता देखिने प्राणी अनि चराहरु हावामा झगडा गर्दै गरेको देखिने बताइन्छ। सन् १९७६ मा एक व्यक्तिले त्यहाँ धमिलो देखिने अनि रातो आँखा भएको कुकुर देखेको भनि रिपोर्ट गरेका थिए। त्यो क्षेत्रमा युएफओ (एलियन चढ्ने भनिएको विमान) देखिने गरेको बताइन्छ तर ठोस प्रमाण भने कतै पाइदैन।
भेरमोन्ट नामक ठाँउमा अवस्थित बेनिङ्टन ट्रयाङ्गलमा सन् १९४५ देखी १९५० सम्म रहस्यमय ढंङ्गले पाँच मानिस गायव भए। केबल १ मानिसको शव भेटियो तर शव यति क्षतविक्षत थियो कि घटना कसरी भयो भनि कुनै कारण फेला हुन सकेन। एलियन हुन सक्ने वा कोही हत्याराको काम हुनसक्ने अनुमान लगाइए पनि वास्तविक के हो थाहा हुन सकेन। लेक मिचिगनको बिचमा रहेको मिचिगन ट्र्याङ्गलबाट पानी जहाज र हवाइ जहाज धेरै गायव भए। कता गयो कसरी भयो अहिलेसम्म थाह हुन सकेको छैन।