• Mon. Sep 25th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

म्यादी प्रहरीको आवेदन दिएर फर्किएकी श्रेया बाटोमै अस्ताइन्

Bydeep

Mar 23, 2022

धनकुटा । धनकुटामा गए राती सवारी दु’र्घटना हुँदा एक जनाको मृ’त्यू भएको छ । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ सागुरीगढी किल्ला नजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा जिप दूर्घटना हुँदा सुमो जिपमा सवार सागुरीगढी गाउँपालिका वडा नं ७ की १९ वर्ष की श्रेया राई को मृ’त्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । मृ तक राई आसन्न स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीको आवेदन दिएर फर्किदै गरेकी थिइन् ।

भेडेटारबाट गोलाखाडी तर्फ जादै गरेको मे १ ज २१६२ नं जिप अनियन्त्रित भई सडकमा पल्टिदा अनुहार र टाउकोमा चो’ट लागी ग’म्भिर घा’ईते भएकी राईको उपचारको क्रममा राती २:१० बजे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । दूर्घटना करिब ९ बजे तिर भएको थियो । जिपका चालक सागुरीगढी गाउँपालिका ७ का वर्ष ४१ का सत्यलाल राई प्रहरीको नियन्त्रणमा रहेका छन् ।

थप समाचार : देशलाई समाजवादसम्म लैजान एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली
काठमाडौँ, ९ चैत (रासस) :नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको काँधमा विद्यमान समस्या र चुनौतीको सामनासहित देशलाई समाजवाद निर्माणसम्म लैजाने अभिभारा रहेको बताउनुभएको छ । आजदेखि राजधानीमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, भौगोलिक सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शान्ति सम्झौताका बाँकी कामलाई पूर्णता दिएर दिगो शान्ति स्थापना, सुशासनयुक्त विकाससहित मुलुकलाई समृद्धिमा लान कटिबद्ध हुनुपर्ने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले यस बैठकपछि पार्टी पूर्णतः स्थानीय तहको निर्वाचनमा होमिने भएकाले त्यसको तयारीका लागि जनपरिचालन, सङ्गठनात्मक र अन्य कामका बारेमा निर्णय गर्ने जनाउनुभयो । एमाले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको उल्लेख गर्दै उहाँले यसबारे कुनै भ्रम नपाल्न आग्रह गर्नुभयो । “वर्तमानको जनादेश र राष्ट्रलाई अगाडि बढाउने नीति र व्यवहारका दृष्टिले एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी हो”, उहाँले भन्नुभयो, “यो लोकतान्त्रिक आन्दोलनको पनि सङ्गठित इतिहासको विरासत बोक्ने पार्टी हो, एकता र एकीकरणको निरन्तरताको इतिहास बोकेको मूलधारको पार्टी हो भन्न अप्ठ्यारो मानिरहनु पर्दैन ।”

स्थानीय तहको आशन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको बताइएको छ । बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरुको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । बैठक बिहीबारसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *