• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यस कारण लुक्लालाई विश्वकै डरलाग्दो बिमानस्थलको रुपमा चिनिन्छ

ByDeayam

Mar 23, 2022

विश्वकै डरलाग्दो बिमानस्थल मध्य एक मानिन्छ नेपालको लुक्ला बिमानस्थल । विश्वकै सर्वोच्च शिखर सगरमाथाको फेदीको रहेको लुक्का भोगौलिक विकटताका कारण डरलाग्दो बिमानस्थलको रुपमा चिनिन्छ ।

लुक्ला बिमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो। पछि सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीप्रति सम्मान व्यक्त गर्न यसको नामकरण तेन्जिङ हिलारी विमानस्थल गरियो। समुद्र सतहभन्दा २८ सय मिटरको उचाइमा छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर छ । यो अन्य बिमानस्थलभन्दा छोटो हो।

छोटो धावनमार्ग भएको हुनाले उड्दा छिटो गति लिन र अवतरणका बेला छिटै रोकिनका लागि विमानस्थलको निर्माण बेग्लै ढङ्गले गरिएको छ।

यसको तल्लो भाग र माथिल्लो भाग झण्डै १२ डिग्री कोणमा छ। त्यसले धावनमार्गको दुई पुछारबीच १५० फिटको उचाइ फरक पार्छ।

एकछेउमा सात सय मिटर अग्लो भीर पनि भएकाले यो विमानस्थललाई संसारकै अति डरलाग्दो विमानस्थलमध्ये एक मानिन्छ।

मौसम परिवर्तन भइरहे हुँदा धावनमार्गमा टेक्नुपर्ने स्थान ठम्याउन कठिन हुने र विमान चालकहरू झुक्किने गरेको बताइन्छ।

विमानस्थल आसपासका डाँडामा पश्चिमी वायु ठोक्किएर बिचमै हावा घुमिरहेको हुनाले चैत-बैशाखमा जहाज नियन्त्रण गर्न चुनौति थपिने गरेको विमान चालकहरुको भनाई छ।

के के दुर्घटना भयो ?

सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा एउटा विमान ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो । सगरमाथाको प्रवेशद्वार मानिने तेन्जिङ हिलारी विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किएको थियो।

सन् २००८ मा लुक्ला विमानस्थलमा भएको दुर्घटनामा १२ जर्मन नागरिकसहित १८ जनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *