• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेन युद्धको योजना बुन्ने पुटिनका विश्वास पात्र

ByDeayam

Mar 23, 2022

रुसको अर्थतन्त्रलाई अस्तव्यस्त पार्न सक्ने सम्भावना भएको उच्च जोखिमयुक्त युद्धमा रुसी सेनालाई होम्ने भ्लादिमिर पुटिनको व्यक्तित्व एकलकाँटे खालको छ।आफ्ना विश्वासपात्र र निकटतम सल्लाहकारसँगका पछिल्ला दुई बैठकमा उनी स्पष्ट रूपमा पर बसेका थिए। त्यो सुनियोजित जस्तो पनि देखिन्थ्यो।

रुसी सेनाको सर्वोच्च नेतृत्वकर्ताको को हैसियतले आक्रमणको निर्णायक जिम्मेवारी उनमा निहित छ। तर उनी भने सधैँ आफ्ना बफादार र रुसी सैन्य सेवामा सँगै सेवा सुरु गरेका विश्वासपात्रहरूको भर पर्छन्। आफ्नो शासनकालमा उत्पन्न सबैभन्दा कठिन अहिलेको अवस्थामा उनी कसको कुरा सुन्छन् त?

यदि कसैको कुरा पुटिन सुन्छन् भने ती व्यक्ति पुटिनसँग लामो सङ्गत रहेका रक्षामन्त्री सर्गेई शोइगु हुन्। उनले पुटिनले जसरी नै युक्रेनलाई निरस्त्र पार्ने र रुसलाई पश्चिमा साझेदारहरूको सुरक्षा धम्कीबाट जोगाउनुपर्ने बताउँदै आएका छन्।

यी ती व्यक्ति हुन् जो पुटिनसँगै साइबेरियामा सिकार गर्न र माछा मार्न जान्छन्। विगतमा उनलाई पुटिनको सम्भावित उत्तराधिकारीको रूपमा चित्रण गरिएको थियो। त्यतिबेला रुसी सेना युक्रेनमा भएको अप्रत्याशित प्रतिकारका कारण कमजोर मनोबलसँग सङ्घर्ष गरिरहेको थियो।

“शोइगु किएभतिर गएको हुनुपर्थ्यो। किनकि उनी रक्षामन्त्री हुन् र उनले यो युद्ध जित्नुपर्थ्यो,” सशस्त्र द्वन्द्वविज्ञ भेरा मिरोनोभा भन्छिन्।

सन् २०१४ मा उनलाई क्राइमियामाथिको सैन्य नियन्त्रणको श्रेय दिइएको थियो। उनी सैन्य गुप्तचर निकाय जीआरयूको समेत नेृतत्व गर्थे। उक्त निकायलाई दुई चरहरूलाई विष आक्रमण गरिएको आरोप लागेको थियो – पहिलो सन् २०१८ मा यूकेको सालिस्बरीमा र सन् २०२० मा विपक्षी नेता एलेक्सी नभाल्नीलाई साइबेरियामा।

“शोइगुले सैन्य मामिला मात्र नभई रुसी विचारधारा पनि हेर्छन्। रुसी विचारधारा इतिहाससँग जोडिएको छ र उनी यो भाष्यलाई नियन्त्रण गर्छन्।”
रुसी सैन्य बलको प्रमुख भएकाले युक्रेनमा आक्रमण गर्ने र काम चाँडै फत्ते गर्ने जिम्मा भालेरी गेरासिमोभको हो। तर उनले नतिजा हात पारिसकेका छैनन्।

सन् १९९९ को चेचेन युद्धमा रुसी फौजको नेतृत्व गरेदेखि उनले अहिलेसम्म पुटिनका अधिकांश सैन्य अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। युक्रेनविरुद्धको सैन्य आक्रमणको योजनामा पनि उनी अग्रपङ्क्तिमा खटेका थिए। गत महिना उनलाई बेलारुसमा सैन्य अभ्यासको निरीक्षण गरेको देखिएको थियो।

रुसी मामिलाविज्ञ मार्क गालिओटीले जेनरल भालेरी गेरासिमोभलाई “रूखो र जब्बर” को सङ्ज्ञा दिएका छन्। उनका अनुसार क्राइमिया रुसमा गाभ्ने सैन्य अभियानमा गेरासिमोभको भूमिका प्रमुख थियो।

युक्रेनविरुद्धको सैन्य अभियानको सुस्त थालनी र रुसी सेनाको खस्किँदो मनोबलका कारण उनलाई अहिले कुनामा पारिएको केही विवरणहरूले जनाएका छन्।

तर रुसी अनुसन्धान पत्रकार आन्द्रेई सोल्दातोभका अनुसार केही मानिसहरू “पुटिनले सबै मामिला र सबै सैन्य सैनिक दलको एक्लै निरीक्षण गर्न सक्दैनन् र यही उनको जिम्मेवारी हो” जस्ता आशावादी टिप्पणी गरेको बताउँछन्। उनी भन्छन्ः रक्षामन्त्रीलाई आफ्नो सैनिक पोसाकप्रतिको मोह निकै होला, तर सैन्य अनुभव अभावका कारण उनले पनि विशेषज्ञको भर पर्नुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *