• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यौन सम्बन्ध राख्न नदिएको भन्दै भाउजूको ह त्या

ByAgrim Post

Mar 23, 2022

केही महिनाअघि कपिलवस्तुमा मृत फेला परेकी एक महिलालाई देवर नाता पर्ने एक पुरुषले ह त्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत मङ्सिर ११ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका–१० सोनपुर बस्ने ६० वर्षीया यशोदा लोनिया आफ्नै घरभित्र मृ त अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले झण्डै ३ महिना पछि ह त्या अभियोगी पत्ता लगाएको हो । हत्यामा संलग्न ती वृद्धाकै देवर नाता पर्ने ४० वर्षीय शम्भु लोनियालाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपीलाई प्रहरी आइतबार सार्वजनिक गरेर घटना विवरण बाहिर ल्याएको छ । फागुन ५ गते पक्राउ गरिएका अभियुक्तसँग प्रहरीले सोधपुछ गर्दा निजले गत मङ्सिर १० गते आफूले मादक पदार्थ सेवन गरेको विषयमा पत्नी मनिकला लोनियासँग विवाद भएपछि निज माइती गएकाले आफूले त्यस दिन राति करिब ९ बजेतिर मृ तक यशोदा लोनियाको घरमा गएको, मृतकसँग सहमतिमै एक पटक शारीरिक सम्पर्क गरी सँगै सुतेको, तर केही बेरपछि पुनः अर्को पटक शारीरिक सम्पर्क गर्न लाग्दा भाउजूले इन्कार गरेपछि ह त्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । उनलाई जिल्ला अदालत कपिलवस्तुमा पेस गरी ५ दिन म्याद थपेर कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

थप समाचार 

रुस युक्रेन युद्धको प्रभाव : विस्थापित महिलालाई यौनदासी बनाइने खतरा

युक्रेनबाट भागेका शरणार्थी महिलालाई आपराधिक समूहले यौनदाशी र मानव दासको रुपमा प्रयोग गर्न सक्ने देखिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि किभ लगायतका स्थानबाट १० लाखभन्दा बढी महिला र बालबालिका शरणार्थीका रुपमा अन्यत्र भागिसकेका छन् । युरोपेली संघका अधिकारी र संयुक्त राष्ट्रसंघले युक्रेनबाट झन्डै ७० लाख मानिस पोल्याण्ड,मोल्दोभा, रोमानिया, स्लोभाकिया र हंगेरीतर्फ जान सक्ने चिन्ता जनाएका छन् । यसले मानव तस्करीको अवस्था आउन सक्ने अभियानकर्ताहरुले बताएका छन् ।

उनीहरुमध्ये धेरै यौनदासीमा परिणत हुनसक्ने भन्दै अधिकारीहरुले चिन्ता जनाएका छन् । यक्रेनबाट बाहिरिने महिला र उनीहरुका परिवारहरूले निःशुल्क यातायातको प्रस्ताव स्वीकार गरिसकेका छन् । तर आपराधिक समूहले भने उनीहरुका लागि भुक्तानीको माग गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । एक २७ वर्षीय महिलाले भनिन्, ‘पोल्याण्डमा गएकी एक महिला साथीले वार्सासम्म निःशुल्क लगिदिने र त्यहाँ पुगेपछि भने पैसा दिनुपर्ने माग आउने गरेको छ ।’ती महिलाका अनुसार उनीहरुले शारीरिक रुपमा केही नगरेको तर निकै आक्रमक देखिएको बताइन् । भुक्तानी माग्नेहरुले उसका लागि काम गर्नुपर्ने शर्त राखेको समेत उनले बताइन् । उनले भनिन् , उसले त्यस्तो प्रस्ताव राखेपछि म चिच्याए र भाग्न सफल भए, यो दृश्य मानिसले हेरिरहेका थिए ।’ उनले मानिसलाई सचेत हुनका लागि आग्रह समेत गरेकी छन् ।

थप समाचार

पूर्व पतिलाई इन्स्टाग्रामबाट ‘अनफलो’ गरिन् समान्थाले

दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी आफ्नो व्यावसायिक जीवनका अलावा निजी जीवनलाई लिएर सामाजिक सञ्जालमा चर्चा परिचर्चाको पात्र बनिरहन्छिन् । गत वर्ष अभिनेत्रीले अभिनेता पति नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेपछि उनको चर्चा अझ बढेको छ । नागा र सामन्थाले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफूहरु अलग्गिने घोषणा गरेका थिए । यद्यपि सामन्थाले केही समयअघि मात्र त्यो पोस्ट हटाएपछि कतै उनीहरु पुनः मिल्न लागेका त होइनन् भन्ने अड्कलबाजी पनि गरिएको थियो ।तर अहिले आएर त्यो अड्कलबाजीलाई सामन्थाले पूर्णविराम लगाइदिएकी छन् । उनले पूर्व पतिलाई इन्स्टाग्रामबाट ‘अनफलो’ गरेकी छन् । यतिमात्र होइन, उनले सामाजिक सञ्जालमा रहेको नागासँगको आफ्ना सबै तस्विरलाई हटाएकी छन् । उनको यो कदमले उनी आफू जिन्दगीमा धेरै अगाडि बढिसकेको र पछाडि फर्केर हेर्ने सम्भावना कम रहेको सन्देश दिएकी छन् । यसअघि उनले नागासँगको विवाहमा आफूलाई नागाले दिएको विवाहको साडी पनि फिर्ता गरिदिएकी थिइन् । आफ्नो विवाहमा सामन्थाले नागाकी हजुरआमाको साडी लगाएकी थिइन् । जुन साडीलाई उनले फिर्ता गरेकी हुन् ।

सामन्था र नागाले आफ्नो चार वर्षे वैवाहिक सम्बन्धलाई गत वर्षको अक्टोबरमा टुंग्याएका थिए । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आफूहरु अबका दिनमा अलग्गै रहने घोषणा गरेका थिए । कामको कुरा गर्दा सामन्था पछिल्लोपटक फिल्म ‘पुष्पा’ को आइटम गीत ‘ओ अन्तावा’मा देखिएकी थिइन् । यसबाहेक उनी ‘यशोदा’, ‘अरेन्जमेन्ट अफ लव’ र ‘शकुन्तलम’मा देखिँदैछिन् ।

थप समाचार

अडियोले गर्नुगर्यो, अन्ततः पल शाहले त्यो कुरा स्वीकारे

ना बा लि ग गायिकामाथि ब ला त्का र गरेको अभियोग लागेका कलाकार पल शाह(पूर्णविक्रम शाह) विरुद्ध मंगलबार जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ। १६ वर्षभन्दा कम उमेरकी बालिकालाई ब ला त्का र गरेको आरोपमा १४ वर्षसम्म कै’द सजायको मागदाबी गर्दै उनीविरुद्ध मुद्दा दायर भएको हो। अभियोग पत्रसँगै अदालतमा बुझाइएको साबिती बयानमा शाहले ना बा लि ग गायिकाको कोठासम्म गएको विषय स्वीकार गरेका छन्। प्रमाणका रुपमा पेस गरिएको अडियो समेत शाहले आफ्नै भएको बयान दिएका छन्। उनले भनेका छन्, ‘पीडित पक्षले पेस गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये गर्लफ्रेण्ड–ब्वाई फ्रेण्डबीच ९सम्बन्ध० हुनु भनेको नर्मल ९सामान्य० हो भन्ने समेतका शब्दहरू रहेको आवाज मेरो आफ्नै हो।’

यस्तो छ शाहको बयान– २०६९ सालमा कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली चलचित्रमा नायकको भूमिका निर्वाह गर्दै म्युजिक भिडियोहरुमा अभिनय समेत गर्दै आएको छु। सोही क्रममा राम्रो स्वर भएकी गायिका १६ वर्षीयासँग गत असोज २२ गते काठमाडौं साँखुमा भेट भइ चिनजान भएर फोन नम्बर आदान–प्रदान भएको थियो। त्यसपछि हामीहरुबीच फोन तथा सामाजिक सञ्जाल म्यासेन्जर०मा कुरा हुने गर्थ्यो। म्युजिक भिडियो सु’टिङ गर्ने क्रममा हामीहरु विभिन्न स्थानमा गइ बस्ने गरेका थियौं। गत वैशाख १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राति अबेरसम्म बियर खाँदै पी’डित र मैले म्यासेज आदान प्रदान गरेका थियौं।

राति अन्दाजी पौन १२ बजेतिर खाइ बाँकी रहेको बोतलको बि’यर लिएर पी’डित भनिएकी गायिका सुतेको कोठामा गइ ढोका ध’केली भित्र पसेको हुँ। उनलाई बि’यर खान दिइ, फेसवास लिएर म आफ्नो कोठामा गइ कमल खत्रीसँग सुतेको हुँ। पी’डित भनिएकी ना बा लि गले गत जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाइँ र मेरो सम्बन्ध अरुले थाहा पाए, मलाई गाह्रो भयो, मेरो म’हिनावारी रोकियो, तपाइँले मलाई स्वीकार्नु पर्छ भन्ने समेतको शब्दहरु म्यासेजमा मलाई प्रे’सित गरेकी थिइन्। गत असार महिनामा काठमाडौंको बानेश्वरमा पी’डित, पी’डितको आमा,गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, मेरो मेनेजर कृष्ण जोशी र म समेत भइ छलफल गर्ने क्रममा पी’डित पक्षले मलाई पी’डितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पी’डितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ। पी’डित १८ वर्षभन्दा कम उमेर ना बा लि का हुन भन्ने कुरा मलाई पूर्णरूपमा थाहा जानकारी थियो। पी’डित पक्षले पेस गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये गर्लफ्रेण्ड–ब्वाई फ्रेण्डबीच हुनु भनेको नर्मल हो भन्ने समेतका शब्दहरू रहेको आवाज मेरो आफ्नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *