• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रानी प्रहरी चौकीको सक्रियता: मान्छेहरु अपहरण गरी भारत लैजाने गाडी नियन्त्रणमा लिन सफल

ByAgrim Post

Mar 23, 2022

विराटनगर / चैत्र ९, मान्छेहरु अपहरण गर्न प्रयोग भएको भारतीय नम्बर गाडी सीमा प्रहरी चौकी रानीले आज साँझ फेला पारी नियन्त्रणमा लिन सफल भएको छ ।

२०७८ श्रावण २२ गते मान्छे अपहरण गर्न प्रयोग गरिएको बि आर ३८ ई ४२८७ नम्बरको भारतीय स्कोर्पियो गाडी सिमा प्रहरी चौकी रानिले फेला पारी नियन्त्रणमा लिएको हो ।रानी भन्सार नाका नजिकै नेपाल बाट भारत जान लागेको बेलामा गाडी सिमा प्रहरी चौकी रानीबाट प्रहरी नायब निरीक्षक दिल्ली देवकोटा सहितको प्रहरी टोलीले उक्त गाडी फेला पारी नियन्त्रणमा लिएको थियो ।

सई देवकोटाको अनूसार अनुसार यहि स्करपियो गाडी प्रयोग गरि श्रावण २२ गते मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर १५ जुटमिल गेट बस्ने अमित साहको २५ वर्षीय श्रीमती फिजा फरिन साह र उनकै १ वर्ष १ महिनाकी छोरी इशिका साहको अपहरण गरिएको थियो । अपहरण गरिएको बारे फिजा फरिनको श्रीमान अमित साहले जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रशासन कार्यालय मोरङमा जाहेरी समेत दिएका थिए । गाडी फेला परे पनि चालक भाग्न सफल भएको प्रहरीले बताए ।

अपहरणमा प्रयोग भएको गाडी नेपाल भित्र बाट भारत जान लागेको सूचना प्राप्त भए पछि निगरानी गरी टोली लिएर बसेका प्रनानि देवकोटा सहितको टोलिले भन्सार कार्यालयको १ नं. ढाट रोक्न खोज्दा चालक गाडीबाट नजिकै रहेको भारत तर्फ हाम फालेर भाग्न सफल भएका थिए ।

अपहरणमा परेको दुबै जना भने अहिले सम्म फेला पर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *