• Tue. Nov 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

वाग्मतीमा एमालेले एक्लै ८० स्थानीय तहमा जित्छ : अध्यक्ष पाण्डे

Bydeep

Mar 23, 2022

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक जारी छ। बैठकमा विभिन्न प्रदेशको तर्फबाट रिपोर्टिङ प्रस्तुत भइरहेको छ। बागमती प्रदेशका तर्फबाट रिपोर्टिङ गरेका अध्यक्ष केशव पाण्डेले स्थानीय तहको निर्वाचनमा ८० वटा पालिकामा जित्न सकिने बताएका छन्। बागमती प्रदेशमा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन्।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार, गठबन्धन भएमा भने सो संख्यामा कमी आउन सक्ने उनले बताएका थिए। मधेस प्रदेशका तर्फबाट अन्य पार्टीका एक हजार नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेको भन्ने रिपोर्टिङ भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *