• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

विभिन्न विषयका विशेषज्ञहरू राप्रपामा प्रवेश गरे

Bydeep

Mar 23, 2022

काठमाडौं । विभिन्न विषयका विशेषज्ञहरू राप्रपामा प्रवेश गरेका छन् । कृषि क्षेत्रमा माटो विज्ञको रूपमा लामो समय काम गरेका, पूर्व डिन लमजुङका प्रा.डा. केशवराज अधिकारी, वन विभागमा ३७ वर्ष सेवा गरि निवृत्त भएका चितवनका वन विज्ञ बलराम पौडेल, सिभिल इन्जिनियरबाट सेवा निवृत्त भई वातावरण संरक्षण क्षेत्रमा काम गरिरहेका तनहुँका ठाकुर पण्डित, महालेखा नियन्त्रण कार्यालयमा बडालेखापालको रूपमा सेवा गरेका, असहायहरुको संरक्षण गरिरहेको संस्था वसन्त फाउन्डेसनका ललितपुरका रवीन्द्र केशरी पौडेल, हालसम्म आफ्नो मताधिकार प्रयोग नगरेका र पहिलो मत राप्रपालाई प्रदान गर्न उत्साहित भएका ललितपुरका आइटी इन्जिनियर सूचना प्रविधि विज्ञ आशिष पौडेल लगायतका समुह संगठित रुपमा राप्रपामा प्रवेश गरेका हुन् ।

उहाँहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराउनुभएको छ । ‘अहिले देशले राजनीतिक रुपमा वैकल्पिक शक्तिको खोजी गरिरहेको छ, त्यसका लागि सक्षम, इमानदार नेतृत्वको आवश्यकता छ, भ्रष्टाचार नगर्ने संकल्प लिएका राप्रपाका अध्यक्ष लिङ्देन समकालीन राजनीतिमा इमानदार छवि बनाएका नेता हुन्, यस्तो बेला पर बसेर मात्रै होइन साथ दिएर हिड्नुपर्छ भनेर आएका हौं, हामी पार्टी प्रवेश गरेर राप्रपाको अभियानमा जोडिन चाहन्छौं’, उहाँहरूले बताउनुभयो ।

अध्यक्ष लिङ्देनले विज्ञहरूलाई पार्टी प्रवेश गराउँदै नेतृत्व एक जना मात्रै इमानदार हुने हो राजनीति शुद्ध हुने, राजनीतिमा विश्वसनीयता बढ्ने, भ्रष्टाचार न्युनीकरण हुने अवस्था आउने बताउनुभएको छ । लिङ्देनले नेतृत्वको रुपमा आफूले त्यस प्रकारको संकल्प लिएको र विज्ञहरुको साथ, समर्थनबाट उत्साहित एवं निरन्तर अघि बढ्ने प्रेरणा मिलेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *