चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमतीको कुटाईबाट एक श्रीमान्को ज्यान गएको छ । मंगलबार बेलुकी घरायसी विवादका क्रममा ४१ वर्षीया अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
श्रीमतीको कुटाईबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको रिमालले बताए । मृतककी श्रीमती विकलाई मकवानपुर प्रहरीले पक्रेको छ। घटनाको अनुसन्धान गर्न प्रहरीटोली अहिले घटनास्थलमा गएको छ ।
यो पनि : भारतको बंगालमा जिउँदै जलाएर ८ जनाको हत्या
एजेन्सी । भारतको पश्चिम बंगालमा जिउँदै जलाएर ८ जनाको हत्या गरिएको छ । पश्चिम बंगालको वीरभुम जिल्लास्थित एक गाउँका ८ जनालाई जिउँदै जलाएर हत्या गरिएको हो । मंगलबार बिहान ८ जनाको शव डढेको अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन् । हत्या हुनेमा एउटै घरका सात जना रहेको अधिकारीहरुले तबएका छन् । सोमबार राति वीरभुमको बागुटी गाउँका उप–प्रधानपञ्च बडू शेखको हत्या लगत्तै गाउँमा राति नै आगजनी गरिएको थियो । पसलमा बसिरहेका बेला बम प्रहार हुँदा गम्भीर घाइते भएका शेखको अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरीले उनको हत्यामा संलग्नको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ । आफ्ना लोकप्रिय नेताको हत्या भएपछि एक भीडले विपक्षी समूहको घरमा हमला गरी आगजनी गरेको थियो । झण्डै एक दर्जन घरमा आगजनी हुँदा ८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगजनीलगत्तै दमकलसहितको टोली घटनास्थलमा पुगेको तर उनीहरूलाई घटनास्थलमा जान दिइएको थिएन । घटनामा परी ज्यान गुमाउनको पहिचान हुन नसकेको पनि समाचारमा उल्लेख छ ।