• Fri. Sep 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

५ वर्षमा पनि ‘आफ्नै घर’ बनाउन नसकेका देशकै शक्तिशाली मेयर

Bydeep

Mar 23, 2022

काठमाडौँ महानगरपालिका देशको संघिय राजधानी हो । भक्तपुर र ललितपुर पनि राजधानी सरह नै भएपनि काठमाडौँ महानगरपालिकाभित्र सिंहदरबार (मन्त्रिपरिषद् कार्यालय), राष्ट्रपति र उपराष्ट्रिका कार्यालय, संसद भवन, सर्वोच्च अदालत, मुलुकको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल, तीन वटै सुरक्षा निकायका प्रधान कार्यालयहरु र ठूला सरकारी अस्पतालहरु रहेकाले यसको आफ्नै महत्व छ ।२०७४ सालमा २० वर्षपछि स्थानीय तहको निर्वाचन हुँदा नागरिकका आकांक्षा धेरै थिए । काठमाडौँ देशभरीका मानिसहरु कामको र अध्ययनको शिलशिलामा बस्ने शहर हो।यहाँ बसोबास गर्नेहरु सबै मतदाता होइनन्, तर करदाता भने हुन् । स्थानीय स्तरमा सानो तिनो व्यवसाय गर्नेहरु बाहिरी जिल्लाबाट आएको भएपनि उनीहरुले कर यहाँ तिरेका छन् । त्यसकारण उनीहरुको पनि स्वभाविक रुपमा आकांक्षा यहीँका जनप्रतिनिधिसँग हुन्छ ।

विद्यासुन्दरः आफ्नै घर बनाउन नसकेका मेयर काठमाडौँ महानगरपालिकाको चुनावमा एमालेबाट निर्वाचित भएका मेयर हुन् विद्यासुन्दर शाक्य । देशब्यापी एमालेको जनलहर चलिरहको अवस्थामा भएको निर्वाचनमा शाक्यले भारी मतका साथ बाजी मारेका थिए । शाक्यले ६४ हजार ९१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका थिए ।

ठूला योजना सबै बिफल शाक्यको घोषणापत्र हेरेर भन्दा पनि देशभर बढिरहेको ‘एमाले र ओली क्रेज’ले उनलाई चुनाव जिताएको थियो । उनले घोषणापत्रमा केही महत्वकांक्षी योजना नबनाएका होइनन् । तर, ती कुनै पनि सफल भएनन् ।

मोनोरेल विद्यासुन्दर शाक्यको चुनावी घोषणापत्रमा काठमाडौँमा मोनोरेल गुडाउने भनेर लेखिएको थियो । पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षसम्म पनि कुनै ‘रिजल्ट’ नदेखिएपछि मानिसहरुले ‘खोइ मोनोरेल ?’ भनेर शाक्यको आलोचना गर्न थाले ।

त्यसपछि बल्ल उनले आफ्नो घोषणापत्र सम्झिए र केही छलफल चलाए ।मोनोरेल चलाउने विषयमा महानगर र चिनियाँ कम्पनी सीसीआरसीबीच सम्झौता भएको थियो । सम्झौता अनुसार चिनियाँ कम्पनीबाट महानगरले रिपोर्ट पनि पायो । रिपोर्ट कार्यान्वयन गर्ने सम्बन्धमा छलफल सकेर

महानगरले ‘डीपीआर’को अनुमति पनि पाएको थियो । तर, महानगरले डीपीआर नै बनाउन सकेन ।फलस्वरुप, काठमाडौँमा मोनोरेल नगुड्ने भयो । यद्यपी, केही दिन अघि मेयर शाक्यले पत्रकार सम्मेलन गर्दै काठमाडौँमा मोनोरेल गुडाउने विषयमा छलफल चलाईराखेको दाबी गरेका छन् ।

तिनकुनेमा बुद्ध पार्क : तीनकुनेको खाली जग्गा (तीनकुने चउर)मा बुद्ध पार्क बनाउने विषय मेयर शाक्यले निर्वाचनका समयमा जोडतोडले उठाए । उनले आफ्नो घोषणापत्रमा आफूले चुनाव जितेको १ सय दिनमै तीनकुने पार्कको काम सुरु गर्छु भनेका थिए । तर, ५ वर्ष बित्यो, काम त के, मुआब्जा वितरण नै गर्न सकेनन् ।

तीनकुने चउर ४६ वर्षदेखि अलपत्र छ । त्यहाँ अत्याधुनिक बुद्ध पार्क बनाउन भनेर डिजाइन बनाइएको पनि वर्षौ भईसक्यो । ‘हामीले मात्रै चाहेर नहुँदो रहेछ, मुआब्जा दिलाउन भनेर हामी विभिन्न विभागमा धायौँ, विभागहरुले पनि मुआब्जा दिलाउँछौँ भने तर, दिलाउन सकेनन् । मुआब्जा नै दिलाउन नसकिएपछि तीनकुनेमा पार्क बनाउन सकेनौँ’ मेयर शाक्यले अहिले यस्तो जवाफ दिन थालेका छन् ।

महानगरको आफ्नै भवन : मेयर शाक्यको ५ वर्षे कार्यकाल सकिन अब डेढ महिना बाँकी छ । ५ वर्षे कार्यकालमा उनले आफ्नै महानगरको भवन पनि बनाउन सकेनन् । अहिले वडाको उद्घाटन तथा शिलान्यासमा ब्यस्त रहेका शाक्यले महानगरको भवन बन्न नसक्नुमा आफू कारक नरहेको प्रष्टिकरण दिन थालेका छन् ।

बागदरबार विवाद र पछिल्लो २ वर्ष कोरोना कहरका कारण आफ्नै कार्यकालमा महानगरको भवन बनाउने सपना पूरा हुन नदिएको मेयर शाक्य बताउँछन् ।उनै शाक्य, पुनः पार्टीले टिकट दिए मेयरमा दोहोरिने दाउमा छन् । बिजपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *