• Wed. Sep 27th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आजदेखि सबै उद्योगलाई बिजुली, महँगोमै किनेर भए पनि लोडशेडिङ हुन दिन्नौँ : घिसिङ

Bydeep

Mar 24, 2022

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आज बिहीवारदेखि सबै उद्योगलाई बिजुली दिने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा एकाएक कोइलाको भाउ बढ्दा नेपालमा पनि समस्या परेको तर यसको समाधान गर्ने बताउनुभयो । ‘हामीले महँगोमा किनेर भए पनि लोडशेडिङ हुँदैन, घरायसी ग्राहक, साना र ठूला कुनै पनि उद्योगमा लोडशेडिङ गर्दैनौँ, सबै जना ढुक्क हुनुहोला लोडशेडिङ हुँदैन,’ घिसिङले भन्नुभयो ।

भारतले कोइलाबाट उत्पादन भएको बिजुली मात्रै नेपालमा निर्यात गर्ने नीति बनाएको छ, अहिले रुस–युक्रेन युद्धका कारण भारतमा कोइलाको भाउ बढ्दा नेपालले बिजुली महँगोमा किन्नुपरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । यसअघि भारतबाट अधिकतम औसत तीन भारुमा बिजुली किन्दै आएकोमा अहिले आकस्मिक समस्या आएको बताउनुभयो ।

यो पनि : दिनहुँ २ लाख मानिस एमालेमा प्रवेश गरेका छन् – रायमाझी

काठमाडौं, १० चैत । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले गठबन्धन जनताबाट तिरस्कृत लोभीपापीको गठजोड भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “गठबन्धन पार्टीमा निराशामात्र छ । गठबन्धन भनेको जनताबाट तिरस्कृत लोभीपापीको झुन्ड हो । यो चमेराको गठजोड हो । स्वार्थीहरुको झुन्ड हो । सर्वोच्च अदालतसँग परमादेश फर्माइस गरेर सरकारमा आएको छ ।

यसले व्यवस्थापिकाको औचित्य समाप्त गर्यो, न्यायालयको शाख सखाप पार्यो । गठबन्धनले हार स्वीकार गरिसक्यो । अबको चुनाव जनादेश र परमादेशबीचको लडाइँ हो ।” पार्टी फुटेका बेला एमालेले ६० प्रतिशत जित्ने कुरा हावादारी होइन भन्ने पत्रकार धमलाको प्रश्नमा रायमाझीले थपे, “अहिले लाखौंको सभामा हजारौं, हजारौंको सभामा सयौंको पार्टी प्रवेश भइरहेको छ । दिनहुँ २ लाख मानिस एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले फुटेको होइन, चोइटिएको हो । अहिले त्यो भन्दा कति गुणा धेरै जुटेको छ ।”

गठबन्धन सरकारका कारण मुलुक टाट पल्टिन लागेको आरोप पनि उनले लगाए । उनले भने, “अहिले देशको अर्थतन्त्र ध्वस्त भएको छ । अर्को बजेट आउने बेला भैसक्यो, २० प्रतिशत पनि खर्च भएको छैन । महँगीले आकाश छोएको छ । यसलाई कसरी सरकार टिकाउने भन्ने मात्र ध्याउन्न छ, राष्टका लागि भिजन छैन । त्यसैले एमाले दुई तिहाइ हाराहारीमा चुनाव जित्ने तयारीका साथ चुनावमा होमिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *