• Fri. Sep 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

जनयुद्ध मारिएका सुवासको घरमा खाना खान पुगे प्रचण्ड

Bydeep

Mar 24, 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गृहजिल्ला चितवनको भ्रमणमा छन्। चितवन पुगेर उनले बिहीबार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिका वडा नम्बर ९, राई डाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट बनेको कुसुमखोला नमुना चेपाङ बस्ती (४१ घरपरिवार), माडीमै नवनिर्मित परवी खोला पुल तथा माडी २ मा कालोपत्रे सडकको उद्घाटन गरेका छन्। स्थानीय तह निर्वाचन नजिकिएसँगै चितवन केन्द्रित उनले देशभर चार दलबीच चुनावी गठबन्धन हुने पनि बताएका छन्।

उनले चितवनमा कांग्रेसका केही कार्यकर्ताले भन्दैमा गठबन्धन न’तोडिने पनि बताएका छन्। दाहालले चितवनमा पनि गठबन्धन मिलेरै चुनाव ल’ड्ने बताए। त्यसपछि उनी चितवनको दक्षिणमा अवस्थित माडी नगरपालिका-७ देवेन्द्रपुर टोल पुगेर जनयु,’द्धका मा’रिएका एकजना सहिद परिवारको घरमा खाना खाएका छन्। उनी जनयु,’द्धका सहिद नीलकण्ठ सुवेदी ‘सुवास’को घरमा पुगेर बिहीबार बिहानको खाना खाएका हुन्। उनले त्यसक्रममा नीलकण्ठका आमा–बुवासँग कुराकानी पनि गरेका छन्। उनले त्यसक्रममा जनयु,’द्धका सहिदहरु विदुर र तिलक खाती लगायतका सहिद परिवारसँग बसेर खाना खाएको उनका स्वकीय सचिव रमेश मल्लले बताए।

थप समाचार :यो पनि : उडान धमाधम रद्द र डिले हुन थालेपछि वायुसेवा कम्पनीले भने : फोन गरेर आउनुहोस्

१० चैत, काठमाडौं । त्रिभुवन विमानस्थलको सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण बिहीबार बिहानैबाट आन्तरिक तथा बाहृय दुवै तर्फका उडान प्रभावित बनेका छन् । जसले गर्दा आज बिहानका लागि निर्धारित विभिन्न सेक्टरका उडान रद्द भएका छन् । यति एयरलाइन्सका अनुसार पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको छ । अन्य उडानहरू डिले भएको छ ।

अहिले त्रिभुवन विमानस्थलले प्रत्येक १५ मिनेटमा एक उडान वा अवतरण गर्न सकिने गरी प्रणाली चलाइरहेको छ । सामान्य अवस्थामा २-३ मिनेटकै अन्तरमा उडान/अवतरण हुने गर्छ । संचार उपकरण भएको विल्डिङमा पानी लिकेज भएर प्रणालीहरुमा खराबी आएको बताइएको छ । विमानस्थलमा समस्या आएपछि बिहीबार बिहानै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले अनुगमनसमेत गरेको छ ।

उता वायुसेवा कम्पनीहरूले भने जहाज उडानमा ढिलाइले उडानहरू प्रभावित भएको भन्दै यात्रुलाई फोन गरेर निर्धारित समयमा मात्र विमानस्थलमा जान अनुरोध गरेका छन् । यति एयरलाइन्सले ०१-५९७००७४ मा फोन गर्न भनेको छ । बुद्ध एयरले उडान सम्बन्धी सबै जानकारी एपमा रहेको भन्दै त्यसमा समय हेरेर मात्र विमानस्थल जान सूचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *