• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेटो बैठकमा जेलेन्स्कीको भावुक सम्बोधन, ‘हामी श्रीप जिउँदो रहन चाहन्छौं’

ByDeayam

Mar 24, 2022

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको एक महिना लामो युद्धलाई विनाशको कालो महिना र बहादुरीका रुपमा सुरक्षाको महिना भनेका छन् ।नेटो शिखर सम्मेलनमा आफ्नो भिडियो लिङ्कमार्फत जेलेन्स्कीले उनी युक्रेन पश्चिम र रुस बीचको ग्रे जोनमा अड्किएको मान्ने बताएका छन् । उनले युक्रेन गठबन्धनको हिस्सा नभएपनि यसले साझा मूल्यहरूको रक्षा गरिरहेको बताए ।

जेलेन्स्कीले युक्रेन बहादुरीका साथ उभिएको तर यसले यसको लागि ठूलो मूल्य चुकाएको पनि जानकारी दिए । उनले हजारौं मानिसहरू मरे, शहरहरू ध्वस्त भए र करिब एक करोड मानिसहरू विस्थापित भएको जनाए । जेलेन्स्कीले आफूहरुले आफ्नो आकाशको रक्षा गर्नका लागि एयरस्पेस सहायता मागिरहेको बताए । युक्रेनसँग कुनै शक्तिशाली एन्टि–एयरक्राफ्ट प्रतिरक्षा नभएको उनको भनाइ छ। उनले रुसले सामूहिक नरसंहारका हतियार प्रयोग गरिरहेको र त्यसको नतिजा पनि प्रष्ट देखिएको दाबी गरे ।

जेलेन्स्कीले भने, ‘हामी एक महिनादेखि असमान युद्ध लडिरहेका छौं। युक्रेनका जनता र शहरहरूलाई बचाउनको लागि सैन्य सहयोगको लागि आह्वान गर्दछु।’ उनले रुसले आफ्ना सबै हतियार बिना सीमा प्रयोग गरिरहेको बताए । उसले आवासीय सहर, अस्पताल र पुलहरूलाई लक्षित गरेको बताए ।जेलेन्स्कीले भने, ‘युक्रेन वर्षौंसम्म युद्ध लड्न चाहँदैन । हामी श्रीप जिउँदो रहन चाहन्छौं र आना नागरिक बचाउन चाहन्छौं ।’

उनले आफूले नेटोलाई दोषी नठहराएको जनाए । नेटोले अहिले पनि मद्धत गर्न सक्ने उनको भनाई छ। ‘युक्रेनले विमान पनि फेला पारेको छैन। हामीलाई हतियार दिनुहोस् नत्र बेच्नुहोस् । तर हामीले यस सम्बन्धमा नेटोबाट कुनै स्पष्ट जवाफ पाएका छैनौं।’
उनले भने, ‘यो जीवन र मृत्युको प्रश्न हो ।’ आफ्नो सम्बोधनका क्रममा जेलेन्स्कीले रुसले फस्फोरस बम प्रयोग गरेको आरोप पनि लगाए । यद्यपी उनले ती बमहरू कहाँ प्रयोग गरियो भन्ने भने खुलाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *