• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेपालगन्जमा प्लास्टिकले बेरेको अवस्थामा शव फेला

ByDeayam

Mar 24, 2022

बाँकेको नेपालगन्जमा प्लास्टिकले बेरेको अवस्थामा शव फेला परेको छ ।

नेपालगन्ज उपमहानगरपालिका २०, राझा विमानस्थल परिसरको पूर्वी कम्पाउन्ड बाहिर बालकृष्ण वलीको शव फेला परेको प्रहरीले जनाएको छ । ३० वर्षीय वलीको शव प्लास्टिकले बेरेको अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले बताए । मृतक वली लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *