• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पुटिनले लगाएको ज्याकेटको मूल्य औसत रुसी नागरिकहरूको भन्दा २५ गुणा बढी

ByDeayam

Mar 24, 2022

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युद्ध समर्थन र्‍यालीमा हालै लगाएको एक पफर ज्याकेटको मूल्य औसत रुसी नागरिकहरूको भन्दा २५ गुणा बढी छ । लोरो पिआना’को उनको ब्रान्डेड ज्याकेट १४ हजार डलरको थियो । त्यसँगै उनले लगाएको घाँटीसम्मको जम्पर इटालियन ब्रान्ड किटनको तीन हजार डलर पर्ने लुगा हो ।

धेरै देशहरूमा नेताहरूले यसरी अत्याधिक महँगो पहिरन लगाएर सार्वजनिक उपस्थिति जनाउनुलाई आत्मघाती मानिने गरिन्छ । तर पुटिनले भने यसमार्फत फरक सन्देश दिन खोजिरहेका छन् । यसैकारण उनको पहिरनलाई लिएर सबैतिर व्यापक चर्चा सुरु भएको छ ।

यसमा उनको महँगो पहिरनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध सुरु भएदेखि लगाएको साधा हरियो टिसर्टसँग तुलना गरिएको छ । यतिबेला विश्वव्यापी लोकप्रियताको शिखरमा रहेका जेलेन्स्कीको टिसर्टलाई युक्रेनी जनताको बहादुरी र शक्तिको चिन्हका रूपमा हेरिएको छ । जसले रुसी सेना विरुद्ध हस्तान्तरण गर्न अस्वीकार गर्दै कठिन लडाइँ लडिरहेका छन् ।

उता जेलेन्स्कीले पनि अनेकौँ प्रस्ताव आइरहँदा समेत आफ्नो सुरक्षाको ख्याल नगरि राजधानी किभमै रहने अडान लिएका छन् ।पुटिनले चाहिँ युद्ध समर्थित र्‍यालीमा त्यस्तो पहिरन लगाउँदै देशमा आफ्नो बहादुर, बलवान र शक्तिशाली छवि कायम रहेको देखाएका छन् ।

यसअघि पनि पुटिनले अत्याधिक महँगा छालाको पहिरन लगाएका तस्बिरहरू सार्वजनिक भएका छन् । त्यस्तै विना हेल्मेट मोटरबाइकमा यात्रा गर्ने, टिसर्ट नलगाई बन्दुक लिई शिकार खेल्ने गरेर उनी ‘माचोम्यान’ का रूपमा प्रस्तुत हुँदै आएका छन् ।

यसले उनको शैलीमा ‘म कसैसँग डराउँदिन, अरू सबै भन्दा माथि छु र शक्तिशाली छु’ भन्ने सन्देश दिन्छ । आफूलाई बारम्बार राष्ट्रप्रेमीको संज्ञा दिइरहने भएपनि पुटिनले दुर्लभै रुसमा उत्पादन गरिएका पहिरन लगाउने गरेका छन् । यता जेलेन्स्कीको साधा हरियो टिसर्टले चाहिँ राष्ट्रको पीडा उनले पनि बराबर महसुस गरिरहेको भन्ने संज्ञा दिइरहेको भनेर विश्वव्यापी प्रशंसा पाइरहेका छन् ।

पूर्वकलाकार भएको हुनाले पनि फेसनले अरू मानिसमा कुन किसिमको प्रभाव पार्न सक्छ भन्ने उनले राम्ररी बुझेका छन् । त्यसैले यस किसिमको लडाइँमा आबद्ध हरेक पुरुषले लगाएको साधा सुलभ पहिरन लगाएर उनले आफूलाई पनि जनताकै स्तरमा, सबैसँग समान रूपमा प्रस्तुत भइरहेका छन् ।

त्यस आधारमा पनि पुटिनको पहिरन जेलेन्स्कीको ठिक विपरीत छ । पुटिनले लगाउने गरेका पहिरन प्रायः धनाढ्य वर्गजस्तै जेफ बेजोस या चर्चित कलाकारहरूले लगाइरहेका हुन्छन् । यसकारण नै उनीहरूले अप्रत्यक्ष रूपमा समेत एकअर्कालाई टक्कर दिइरहेको चर्चा चलेको छ । दुवैले फरक फरक तरिकाले शक्ति प्रर्दशन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *