• Wed. Nov 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पुटिन विरोधी कित्ताकी रुसी पत्रकारलाई टिभिमा बोलिरहेकै बेला गोली हानेर हत्या

Bydeep

Mar 24, 2022

काठमाडौं । युक्रेनको राजधानी कीभमा रुसी सेनाले गरेको गोलाबारीमा एक रुसी पत्रकारको मृत्यु भएको छ । ओक्साना बाउलिनाले द इन्साइडरको लागि कीभ र पश्चिमी शहर ल्भिभबाट रिपोर्ट गरिरहेकी थिइन् । द इन्साइडरले एक विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो । शहरको पोडिल जिल्लामा भएको क्षतिको विवरण जानकारी दिदैँ गर्दा उनको मृत्यु भएको जानकारी दिइयो । बाउलिनाले यसअघि रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको भ्रष्टाचार विरोधी फाउन्डेसनमा काम पनि गरेकी थिइन् । त्यसपछि उनले रुस छाडेको बताइएको छ । गत वर्ष फाउन्डेसनलाई अधिकारीहरूले गैरकानूनी र चरमपन्थी घोषणा गरेका थिए ।

पुटिन सरकारको उक्त कदमपछि फाउन्डेसनमा कार्यरत धेरै कर्मचारीहरू विदेश पलायन हुन बाध्य भए । गोलाबारीमा अर्का एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको इन्साइडरले जानकारी दियो । समाचार अनुसार बाउलिनाले पहिले कीभ र पश्चिमी युक्रेनी शहर ल्भिभबाट धेरै रिपोर्टहरू पठाएकी थिइन् ।

प्रकाशनले रिपोर्टरको परिवार र साथीहरूलाई गहिरो समवेदना व्यक्त गरेको छ । खोजी पत्रकार एलेक्सी कोभालोभले बाउलिनालाई श्रद्धाञ्जली दिए । एक महिनाको द्वन्द्वमा मारिएका पाँच पत्रकारमध्ये बाउलिना पनि एक हुन् । मार्चको सुरुमा, स्पेनिस समाचार एजेन्सी इएफईका लागि काम गर्ने युक्रेनी टिभी च्यानल लाइभका क्यामेरा अपरेटर येभेनी साकुन, कीभमा टिभी ट्रान्समिसन टावरमा गोली प्रहार गर्दा मारिएका थिए ।

त्यसको दुई हप्तापछि अमेरिकी पत्रकार र फिल्म निर्माता ५० वर्षीय ब्रेन्ट रेनाउडलाई कीभ बाहिर इरपिन सहरमा सुटिङ गरिरहेको बेला गोली हानी हत्या गरिएको थियो । अर्को दुई दिन पछि फक्स न्यूजका दुई पत्रकारहरू क्यामेराम्यान ५५ वर्षीय पियरे जाक्रजेव्स्की, र २४ वर्षीया ओलेक्सान्ड्रा कुभशिनोभा मारिए । उनीहरू आफ्नो गाडीमा कीभको बाहिरी क्षेत्रमा आगलागी भएपछि मारिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *