• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रभु साहविरूद्ध रेखा झाले दिइन् उजुरी

Bydeep

Mar 24, 2022

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सांसद रेखाकुमारी झाले स्थायी कमिटी सदस्य प्रभु साहविरूद्ध पार्टीमा उजुरी दिएकी छन्। बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा झाले आफ्नो गृह जिल्ला रौतहटमा साहले मनोमानी गरेको आरोपसहित उजुरी दिएकी हुन्। रौतहटमा जिल्ला अधिवेशनताका हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको झाको आरोप छ।

उनले रौतहट जिल्लाको अधिवेशन फेरि हुनु पर्ने माग गरेकी छन्। ‘उहाँले मनोमानी गर्नुभयो। माओवादीहरूको स्कुलिङ अलि अर्कै हुँदो रहेछ,’ झाले सेतोपाटीसँग भनिन्। माओवादी केन्द्रका नेता साह नेकपा विभाजन भएर दुई पार्टी हुँदा एमालेमै बसेका थिए।

यो पनि : भारतमा प्रधानमन्त्री देउवाको किन हुँदैछ चर्चा, भारतीय मिडियामा छाए देउवा
काठमाडौ । भारतमा अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको चर्चा सुरु भएको छ । उनी प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने विषयलाई लिएर चर्चा सुरु भएको छ । यद्धपी नेपालमा भने उनी कहिले भारत भ्रमणमा जाने भन्ने कुराको मिति टुंगो लागेको छैन । नेपालमा मिति टुंगो नलाग्दै भारतमा भने देउवाको भ्रमणको चर्चा सुरु भएको हो ।देउवा आगामी अप्रिल १ देखि छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्ने बताइएको छ । तर त्यसको औपचारीक निर्णय भने भइसकेको छैन । देउवाले चैत १८ देखि भारतको औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा नेपाल सरकारले गरेको छैन । भारतीय सञ्चार माध्यमहरूले भने देउवाको भ्रमण तयारीका समाचार लेखेका छन् ।चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सकिएलगत्तै देउवाले भारत भ्रमण गर्ने तयारी गरेका हुन् । ‘भ्रमणको आन्तरिक तयारी भइरहेको छ, औपचारिक घोषणा हुन बाँकी रहेको बताइएको छ । तर भारतमा उनको भारत भ्रमणलाई लिएर भएको चर्चालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।भारतीय पत्रिका द हिन्दूले देउवाले आगामी साता भारतको भ्रमण गर्न लागेको समाचार बिहीवार लेखेको छ ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रिल १ र २ मा भारत भ्रमण गर्ने स्रोतहरूले पुष्टि गरेका छन् । भ्रमणमा द्विपक्षीय सम्बन्धका अलावा चीन र अमेरिकासँगको सम्बन्धका विषयमा पनि कुराकानी गरिनेछ,’ द हिन्दू पत्रिकाका कूटनीतिक सम्पादक सुहासिनी हैदर र अनन्त कृष्णनले समाचारमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *