• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रेमीकाको विषयमा भनाभान हुँदा खुकुरी प्रहार

ByDeayam

Mar 24, 2022

बानेश्वरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ। दोलखाका २५ वर्षीय सुरज खड्कामाथि बाइकमा आएका अज्ञात समूहले कुटपिट गरी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार घाइते खड्काको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ। ढाड र घाँटीमा समेत चोट लागेको प्रहरीले जनाएको छ।

दोलखाको भिमेश्वर नगरपालिका घर भई हालः ललितपुरको टिकाथलीमा बस्दै आएका खड्कामाथि ८-९ जनाको समूहले कुटपिट गरेको बताइएको छ। तीमध्ये पाँच जनालाई प्रहरीले प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा रोशन लामा, पुकार केसी, प्रविण नेपाल, राजेश बुढाथोकी र सञ्जीव मोत्तान रहेको प्रवक्ता कोइरालाले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरजको पूर्व प्रेमीकाले खुकुरी हान्ने समूहकै कुनै युवकसँग सम्बन्ध गासेपछि उनीहरुबीच विवाद आएको देखिएको छ। प्रेमीकाकै विषयमा भनाभान हुँदा खुकुरी प्रहार भएको देखिन आएको प्रवक्ता कोइरालाले बताए।

‘पैसा लेनदेनको विषय पनि आएको छ। के कसो हो अनुसन्धानबाट खुल्नेनै छ। घटनामा संग्लन भएका अनिलराज गीरी र विकास लामा फरार छन्,’ उनले भने।

पक्राउ परेकाहरुबाट घटनामा प्रयोग भएको खुकुरी र मोटरसाइकल प्रहरीले बरामद गरेको छ। उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *