धनगढी — मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिम प्रदेशबीच बिहीबार भएको क्वाटरफाइनलमा एपीएफ विजयी भयो ।
एपीएफले २५–१३, २५–२०, २५–१२ को सेटमा विजय नतिजा निकालेको थियो । म्यान अफ द म्याच एपीएफका टेकराज अवस्थी चुनिए ।
बिहीबारै गण्डकी प्रदेशले वाग्मती प्रदेशलाई २५–१५, २५–१४, २५–१८ को सेटले पराजित गर्यो । म्यान अफ द म्याच गण्डकीका हरि पाण्डेय चुनिए ।
शुक्रबार सेमिफाइनल हुनेछ । त्रिभुवन आर्मी र एपीएफ तथा नेपाल पुलिस र गण्डकी प्रदेश फाइनल पुग्नका लागि भिड्नेछन् ।
आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले विजेताले ४ लाख, उपविजेताले २ लाख, तेस्रोले १ लाख र चौथो हुने टिमले ५० हजार प्राप्त गर्ने जनाएको छ ।