अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। थाइल्यान्डमा भएको खेलमा नेपाल घरेलु टोलीसँग २-० गोलले पराजित भएको हो।
थाइल्यान्डका लागि फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि खेलको ७८औं मिनेटमा फिलिपले गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाएका थिए। त्यस्तै चाओवाटले ८९औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे।
एसियन कप छनोटमा नेपालले समूह ‘ए’बाट खेल्दैछ। समूह एमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्।