• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यी हुन् चर्चामा रहेका ५ नेपाली गायिका !

Bydeep

Mar 24, 2022

नेपाली साङितिक क्षेत्रमा पछिल्लो समय नयाँ नयाँ अनुहार देख्न सकिन्छ । अहिलेका युवा पुस्ताले संगीत क्षेत्रलाई निकै पछ्याएएका छन् । केही बर्ग त सानै उमेरमा चर्चाको शिखरमा पुगेका छन्। आज हामी नेपाली साङितिक क्षेत्रमा चर्चित ५ नेपाली गायिकाहरुको कुरा गर्छौ । जो निकै चर्चित र ब्यस्त छन् ।

मेलिना राई – अहिलेकी नेपाली गीतसंगीतकी चर्चित र निकै ब्यस्त गायिका हुन् मेलिना राई । आफूले स्वर दिएका गीतहरुमा ‘लिप्सिङ’पनि दिन छायांकनस्थलमा पनि भ्याएसम्म पुग्ने गरेकी मेलिना निकै ब्यस्त नायिका हुन् ।पहिले सिनेमाको पाश्र्व ध्वनी, टेलिभिजन, एमफएममा मात्र भेटिने मेलिनालाई न कसैले चिन्थे, न कसैले बोलाउँथे । तर, ‘कम्मरमाथि पटुकी’ को लोकप्रियताले उनी सार्वजनिक भीडबाट अलप भए पनि एकाएक सेलिब्रेटी पो भइन् । ‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्‍यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौं गीतले मेलिनालाई झनै चर्चाको शिखरमा पुर्‍याईदियो ।

उनलाई पछिल्लो समत फुर्सद नै छैन उनी कहिले स्टेजमा, कहिले रेकर्डिङमा ब्यस्त हुन्छिन् । यस्तो पनि समय आयो, एकै दिनमा ६ वटा गीत रेकर्ड गर्नुपर्ने । युट्युवमा हेरौं, मेलिनाको गीतले १० करोड भ्युज नाघेको छ । सिनेमामा खोजौं, पाश्र्व गायनमा उनकै आवाज गुञ्जिएको छ । सर्वाधिक कमाइ गर्ने गायकीहरुको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ ।

२. रचना रिमाल– रचना रिमाल नेपाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । रचनालाई अहिले फोटो फिरिममा…, मिनरल वाटर…, पहिलो पल्ट भेट हुँदा…, सुनन पियारी…जस्ता थुप्रै गीतले अहिले लोकप्रियको शिखरमा पु-याएको छ ।रचनाको गायन इतिहाँस हेर्ने हो भने उनले यो यात्रा सुरु गरेको तिन वर्ष पनि पुगेको छैन । तर उनलाई नेपाल आईडल सिजन ३ ले छोटो समयमा एउटा उचाईमा पु-यायो । नभन्दै उनी अहिले व्यस्त गायिकाको सूचीमा छिन् । उनको पछिल्लो गीत फोटो फिरिममा हिट भएपछि रचनालाई दैनिक जसो गीत गाउन प्रस्ताव आईरहेको छ ।आफुले यो दुई महिनाको अबधिमा ४० वटा गीत गाएको बताइन् ।

यी गायिकाको रुमाल चिनो…., पानी मिठो धाराको…, कोसँग बोलुँ मनको…, एक चिम्टी सिन्दुर…, नरौ नरौ निरमायाँ…, काफल गेडी कुटुक्कै…, तिमी बिना…, मेरो मायाँ हार हैन…, रित्तो मझेरी…, तीज भाका आयो चेली…, सृष्टीको अनुपम उपहार जीवन…, उनको प्रीति…जस्ता थुप्रै गीतहरु अहिले चर्चामा छन् ।

उनका गीतहरु मध्ये फोटो फिरिममा…, मिनरल वाटर…, आयो चेली…, पहिलो पल्ट भेट हुँदा…जस्ता गीतहरु १० देखि ८० लाख पटकसम्म युट्युब च्यानलमा हेरिएको छ । यस्तै बसन्त सापकोटासँगको पछिल्लो गीत सुनन पियारी…पनि निकै मन पराईएको छ । नेपाल आईडल तेश्रो सिजनले उनलाई चर्चामा ल्याएको हो । नेपाल आईडलमा उनी ८ औं स्थानमा पुगेकी थिईन् । उत्कृष्ट १० भित्र पर्नुलाई पनि उनले आफ्नो ठुलो सफलता मानेकी छिन् ।

३. एलिना चौहान– छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । लकडाउनको समयमा सार्वजनिक ‘के माया लाग्छ र’बोलको गीतपछि उनलाई फुर्सद मिलेको छैन । त्यसयता ४ दर्जन बढी गीतमा स्वर दिइसकेकी एलिनाका ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन्।

झापाको बिर्तामोडमा घर भएकी एलिना चौहान अहिले निकै भाईरल भएकी छिन् । कालिप्रसाद बास्कोटाको गीत ‘ईन्ष्टाको फोटो’ को रिप्लाइ गीतबाट चर्चामा आएकी एलिना ‘तिम्रो मायाले बाधेर राख’ बोलको गीतको कभर गाएर झनै चर्चाको शिखरमा पुगिन । उनी बि.ए. अध्यायनरत छिन् ।

४. अस्मिता अधिकारी– गायिका अस्मिता अधिकारीको स्वरका जति प्रशंसकहरु छन्, उनको सुन्दरताको प्रशंसकहरु पनि उत्तिकै भेटिन्छन् । यी सुन्दरी पछिल्लो समयकी चलेकी गायिका हुन्। अस्मिताको उदय ‘नेपाल आइडल’ सिजन दुईबाट भएको हो । ‘नेपाल आइडल सिजन दुई’की थर्ड रनरअप अस्मिताले दर्जनौं हिट गीत सांगीतिक बजारमा दिईसकेकी छिन् ।उनले ‘तिम्रो मायाले बाँधेर राख’, ‘आँखामा बसाउँ मलाई’, ‘लज्जावती झार’, ‘माया गरौंला’, ‘टाढा भएपनि’ जस्ता गीतहरु गाईसकेकी छिन् ।

यी गीतहरु स्रोता तथा दर्शकले रुचाएका गीतहरु हुन् । अस्मिताको स्वरमा ‘साली मनपर्यो’, ‘तिम्रो घरको वरीपरी’ जस्ता पाश्र्व गीतहरु पनि स्रोता-दर्शकले उत्तिकै रुचाएका छन् ।कतिपयलाई थाहा नभएको हुनसक्छ, झापाकी अस्मिता नर्स हुन् । गायिका र नर्स अस्मिताको वाल्यकालदेखिकै सपना हो ।

बाल्यकालमा हुँदा कसैले ‘भविष्यमा के बन्ने रु’ भनेर सोँधे भन्थिन्, – गायिका अनि नर्स । वाल्यकालमा उनले विशेषतः भजन गाउँथिन् । परिवारसँग कहिकतै जाँदा पनि गीत गुनगुनाउँथिन् । कोहीले माया गरेर पैसा दिन्थे ।त्यस्ता कुराहरुले गायनमा प्रोत्साहन गथ्र्यो ।

सानैदेखि गीत गुनगुनाउँदै आएकी अस्मिता नर्स बन्ने सपनाका खातिर पढाईलाई पनि उत्तिकै महत्व दिइन् । लगनशिलकै खातिर गायिका अनि नर्स दुवै बन्ने सपना पुरा गरिन् । शान्त स्वभावकी अस्मितालाई हिजोआज कतिपयले विहेबारे सोध्छन् । यसबारे उनी सोँच बनिनसकेको बताउँछिन् । आफू करिअरमा नै फोकस भईरहेको उनी बताउँछिन् ।

५. समिक्षा अधिकारी– गायिका समिक्षा अधिकारी पछिल्लो समयक चर्चामा छिन् । उनले, स्वर भरेका धेरै गीतहरुले बजारमा राम्रो चर्चा पाएका छन् । तर, समिक्षाको चाहना गायिकामा मात्र सिमित हुने छैन । उनले, चलचित्रको पर्दामा नायिका बन्ने इच्छा पनि व्यक्त गरेकी छिन् ।

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षाले आफूलाई नायिका पनि बन्न मन लागेको बताइन् ।बाल्यकालदेखि नै आफूलाई गायनसँगै अभिनयमा पनि रुची रहेको समिक्षा बताउँछिन् ।

उनले भनिन्–‘मलाई चलचित्रमा नायिका भएर अभिनय गर्ने ठूलो इच्छा छ । तर, तत्काल भने होइन ।’ उनले ४–५ वर्षपछि चलचित्रमा अभिनय गर्ने सोच रहेको बताइन् । हाल कक्षा १० मा अध्ययन गरिरहेकी समीक्षाले भनिन्–‘अहिले त गायनलाई नै प्राथमिकता दिइरहेकी छु ।

त्यसमाथि अहिले पढाइमा पनि केन्द्रित हुनुपर्नेछ । ‘प्लस टु’ वा ‘ब्याचलर’ सकेपछि नासउका बन्ने सोच हो ।’ समीक्षाले ‘बालापनको उमेर’पछि गाएका ‘माया मारेर’, ‘आधि कपाल’, ‘नबोली नबोली’, ‘पछयौरी लिस्यो’ लगायतका गीत चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *